धनगढी, पुस २१/ कैलालीमा बनबाट चोरी भएको काठ बरामद गरिएको छ। कैलालीको भारतका साझेदारी वनबाट चोरिएको काठ बरामद गरिएको हो।
हिजो चोरि भएको काठ राती नै भारताल बन ब्यबस्थापन समुह र सब डिभिजन बन कार्यालय फुलबारीको संयुक्त टोलीले बरामद गरेको भारताल साझेदारी वनका संयोजक यादव भन्डारीले बताए।
बिशेष सुराकीको आधारमा कैलारी गाउँपालिका वडा नं ६ खरुवाखेराबाट १५० क्युफिट काठ बरामद गरिएको भन्डारीले बताए।