धनगढी ११ पुस/प्रधानमन्त्री केपी शर्मा ओलीले आज विघटित प्रतिनिधि सभाका केही सांसदहरूलाई मन्त्री नियुक्त गरेका छन । मन्त्रिपरिषदको हेरफेर गर्दै ओलीले नयाँ आठ मन्त्री थपेका छन ।
दाहाल-नेपाल समूहका सातजना मन्त्रीले राजीनामा दिएपछि ओलीले ती स्थानमा नयाँ अनुहार नियुक्त गरेका हुन ।
नयाँ मन्त्रीहरुमा शहरी विकास मन्त्रीको जिम्मा प्रभु साहले पाएका छन्। टोप बहादुर रायमाझी ऊर्जा मन्त्री भएका छन्। खानेपानीमा मणि थापा, युवा तथा खेलकुद मन्त्रालयमा दावा लामा, नेता रघुवीर महासेठ पत्नी जुली कुमारी महतोलाई महिला बालबालिका मन्त्रालय र विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्री बनाइएको छ।
यस्तै सुदूरपश्चिमबाट तीन जनालाई मन्त्री पदको जिम्मेवारी दिइएको छ । सामान्य प्रशासन मन्त्रालयमा दार्चुलाका गणेश ठगुन्ना, श्रम मन्त्रीमा कैलालीका गौरी शंकर चौधरी र वन मन्त्रालयमा डोटीका प्रेम आलेलाई नियुक्त गरिएको हो ।
ओलि सरकारले वन मन्त्रीमा नियुक्त गरेका आले लामो समयदेखि काठ तस्कर रहेको र उनलाई वन मुद्दा समेत लागेको पाइएको छ ।
साबिकको डोटिको छतिवन गासि वडा नं।९ रुपसकाँडा बस्ने प्रेमबहादुर आलेमगर र उनका सहयोगी साझेदार सोही गाबिसको वडा नंं ८ बस्ने राधेश्याम बडायरलाई छतिवन गाबिसको वडा नं। ५ र ८ का बिभिन्न स्थानमा अबैध सल्ला जातका रुखहरु कटानी गरेको भनि जिल्ला अदालत डोटीमा अभियोग पत्र दर्ता गरिएको थियो । आलेमगरमाथि अभियोग पत्र दर्ता गर्दाका बखत उनी जिल्ला बिकास समिति डोटीका सदस्य तथा इलाका नंं ६ का क्षेत्रपाल रहेका थिए ।
२०५५ साल बैशाख १० गते तत्कालीन जोरायल रेन्ज पोष्टका वनरक्षक प्रेमबहादुर खड्काले सो सम्बन्धी जिल्ला वन कार्यालय डोटीमा प्रतिबेदन पेश गरेका र बैशाख १३ गते रेन्जर कृष्णदेब यादव लगायतको अनुसन्धान टोलीसँग स्थानीय पूर्णसिंह जेठारा सहित २४ जनाले ती काठहरु राधेश्याम बडायर र प्रेमबहादुर आलेमगरका हुन् भनी बरामदी मुचुल्कामा हस्ताक्षर गरेका थिए । बडायर र आलेमगरले कटानी गराएका काठहरु मेलखोला, कमला खोला, जजना खोला लगायतका स्थानमा ११ हजार २ सय ३२ क्यु फिट अबैध काठहरु बरामद गरिएको थियो ।
बनरक्षक प्रेमबहादुर खड्का समेतले आरोपित मध्यको राधेश्याम बडायरलाई पक्राउ गरे पनि प्रेमबहादुर आलेमगर उछृङखल भएकाले जीउ ज्यानको खतरा हुने भनी पक्राउ गर्न र पत्र पठाउन नसकिएको प्रतिबेदन बुझाएका थिए । आरोपित आलेमगर र बडायरले वन ऐन २०४९ को दफा ४९ को घ र ङ को विपरीत कसुर गरेकाले निजहरुलाई सोहि ऐनको दफा ५० ९१० ९घ० ४ नंं बमोजिम जनही बिगो रकम रु ४ लाख ४९ हजार ३ सय १४ पैसा ४० को दोव्वर ८ लाख ९८ हजार ६ सय २९ र एक बर्ष कैद माग दावी गरिएको थियो ।
जिल्ला अदालत डोटीमा थुनछेक बहसमा धरौटी बुझाउन नसकेपछि हालका डोटीबाट निर्बाचित प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले मगरलाई हालका जिल्ला बिकास समिति डोटीका संयोजक तथा तत्कालीन इलाका नं। ११ का क्षेत्रपाल रामबहादुर ऐरले आफ्नो जग्गाको लालपूर्जा धरौटी राखेर छुटाएका थिए ।
त्यसताका सांसद आलेमगर डोटीका चर्चित काठ ब्यवसायी थिए । उनको काठ ब्यवसाय जिल्ला बिकास समितिको सदस्य, तत्कालीन नेकपा ९एमाले० डोटीको उपसचिब दुई कार्यकाल रहँदा पनि यथावत नै रहेको डोटीका काठ ब्यवसायीहरु बताउँछन् । संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नं।२ बाट उम्मेदवार बनेपछि अप्रत्यक्ष रुपमा काठ व्यवसाय गर्दै आएका थिए । त्यसपछि काठ कटानी खोल्न दवाव दिने, आफूलाई आर्थिक सहयोग गर्नेहरुलाई ठेक्का मिलाउन सेटिङ मिलाउने र काठ ब्यवसायीसँग कमिशन असुल्ने कार्यमा रहेको रहेको बताइन्छ ।
सुदूर पश्चिममा क्रियाशील काठ ब्यवसायीहरुका अनुसार आफूलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने काड ब्यवसायीलाई ठेक्का तथा काठ नपाएकाले आले मगरले बैज्ञानिक वनमा अनियमितता भएको भनी चर्कोे आवाज उठाएका थिए । कैलाली जिल्लामा बैज्ञानिक वनमा भएको अनियमितता छानविन गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा घुस लिएको आरोपमा कारवाहीमा रहेका सहायक वन अधिकृत सुरेशचन्द्र डीसीलाई वन बिज्ञको रुपमा आफूसँगै सहभागी गराएका थिए ।