टेक सिँह धामी/बैतडी, ११ पुस/ बैतडीमा सशस्त्र प्रहरीले १ लाख ६५ हजार बराबरको अवैध १० पेटी बिँडी बरामद गरेको छ। सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा भित्र्याएको बिँडी शनिबार बिहान सशस्त्र प्रहरीको गस्ती टोलीले दशरथचन्द नगरपालिका ६ गाँजरीबाट बरामद गएिको प्रहरीले जनाएको छ ।
रातीको समयमा अवैध रुपमा बिँडी ल्याउँदै गरेका मानिसहरु भने सशस्त्रको टोली देख्ने बित्तिकै बिँडी छोडेर भागेको बताइएको छ। सीमा नाका बन्द हुँदा महाकाली नदीमा ट्युब मार्फत भारतबाट बिँडी ल्याएको हुनसक्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी निरीक्षक हर्कबहादुर साउँदले जानकारी दिए। बरामद गरिएको बिँडी महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको छ।