धनगढी, पुष ७/ कैलालीमा पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका–७ लुहागाडका ३७ वर्षीय गणेश लुहार पत्नी हत्याको आरोपमा पक्राउ परेका हुन।
गणेशले आफ्नी ३२ वर्षीया श्रीमती लक्ष्मी ओडको सोमबार राति कुटपिट गरी हत्या गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।
प्रकाउ परेका गणेश ओडलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय भजनीमा राखेको उनले बताए।