काठमाडौं,७ पुस। नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।
मंगलबार अपरान्ह बसेको कोभीद नियन्त्रण सम्बन्धि बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। यस्तै निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुदै नेपाल आउन समेत रोक लगाएको छ।
पौष १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वरेण्टाइन बसि जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि अनुरोध गरेको छ। यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनुहुनेले अनिवार्य रुपमा १० दिन होटल क्वरेण्टाइन बसि परिक्षण गरेर मात्र घर गन्तब्य जान पनि सरकारले अनुरोध गरेको छ।