धनगढी, पुस १/ चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सात जनालाई पक्राउ गरेको छ । निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई सोमबार राति ११ बजेको समयमा चित्तल काटेर खाँदै गरेको अवस्थामा निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध आवश्यक कानुनी कारवाही अगाडि बढाइएको निकुञ्जले जनाएको छ ।रासस