• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कांग्रेस सकियो भन्नेलाई आजको प्रदर्शन जवाफ हो : विश्वप्रकाश शर्मा

काठमाडौं, २९ मंसिर/ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरूलाई नजिस्क्याउन आग्रह गरेका छन्।

कांग्रेसलाई बाघको संज्ञा दिँदै उनले सुतेको बाघलाई जिस्क्याउने प्रयत्न नगर्न आग्रह गरेका हुन्।

मकवानपुरमा आज सरकारविरूद्धको प्रदर्शनमा बोल्दै प्रवक्ता शर्माले कांग्रेस सकियो भन्नेलाई आजको प्रदर्शनले जवाफ दिएको बताए।

‘कांग्रेस सकियो, कांग्रेसको दिन गयो भन्नेहरू र आफ्नो पार्टीभित्र रडाको भएपछि कांग्रेसको ढोका ढक्कढक्याउनेहरू हो, हामी सडकमै रहन्छौं,’ उनले भने, ‘सरकारमा जानु परे निर्वाचनपछि बहुमत लिएर जान्छौं।’

गत निर्वाचनका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवा कांग्रेसबाट अन्तिम प्रधानमन्त्री भनेका थिए।

उक्त भनाइप्रति संकेत गर्दै प्रवक्ता शर्माले आज ७७ जिल्लामा एकसाथ सरकारविरूद्ध प्रदर्शनमा ठूलो सहभागिता रहेको उल्लेख गरेका हुन्।

कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको उनले बताएका छन्।

‘अब सडक र सदनबाट हामी सरकारलाई जनअपेक्षाअनुसार काम गर्न दबाब दिन्छौं,’ उनले भने। महामारीका बेला सत्तारूढ नेकपा पार्टीभित्रको आन्तरिक झगडामा रूमलिएको उनले बताए।

ओली सरकारका पालामा भ्रष्टाचार बढेको पनि उनले बताए।

‘वाइडबडिमा भ्रष्टाचार भएको हो,’ उनले भने, ‘बूढीगण्डकी स्वदेशी लगानीमा बनाउने भनिएको थियो। तर सरकारले चीनको विवादास्पद कम्पनीलाई दियो, यो भ्रष्टाचार हो।’

ओली सरकारप्रति निराशामा व्यवस्थाप्रति नै निराशा बढेको भन्नेतर्फ केही लागेको उनले बताए।

राजावादीको प्रदर्शनप्रति लक्षित गर्दै उनले भने, ‘जनता नयाँ बिहानको पछि लाग्छ पुरानो चिहानको पछि होइन। यो कुरा जनतालाई बुझाउन पनि हामी सडकमा आएका हौं।’

 

सोमबार, मङि्सर २९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.