धनगढी, २८ मंसिर/ श्रीमती कामदारसँग लागेको विषयमा विवाद हुँदा एक जनाको ज्यान गएको छ।
उदयपुर रौतामाई गाउँपालिका– ८ का २८ वर्षीय मिलन रानामगरको फरुवा प्रहारबाट सिन्धुली पिकल गाउँपालिका– ४ का ३७ वर्षीय कुमार भनिने नारायणबहादुर श्रेष्ठको मृत्यु भएको हो।
श्रीमतीसँग हिमचिम बढेको आशंकामा दुईबीच विवाद भई फरुवा प्रहार भएको प्रहरीले जनाएको छ।
फरुवा प्रहारपछि ढलेका श्रेष्ठलाई रानामगरले तानेर झाडीमा लगेर लुकाएका थिए। भोलिपल्ट पनि घर नआएपछि मात्रै उनकी श्रीमतीले खोजतलास गर्न प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसलगत्तै प्रहरीले रानामगरलाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार श्रेष्ठ घर बनाउने काममा मजदुर जम्मा गर्ने ठेकेदार हुन्। हत्यामा संलग्न रानामगर उनैसँग काम गर्ने गर्थे।