धनगढी, २८ मंसिर/ नेपाली काँग्रेसको भोली (सोमबार) धनगढीमा हुने विरोध सभाको तयारी पुरा भएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गदै विरोध सभाको तयारी पुरा भएको नेपाली काँग्रेस कैलाली शाखाले जनाएको छ ।
दसैँ तिहार पछि सरकार विरुद्ध विरोधका कार्यक्रम अगाडी बढाउने पूर्ण रणनीति अनुसार सोमबार कैलालीमा विरोध प्रदर्शन गर्न थालिएको काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले बताए । उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृह जिल्लामा दमन गरिएको र कोरोना उपचारमा सरकार असल भएको भन्दै त्यसको समेत विरोध गर्न प्रदर्शन गरिन लागिएको बताए ।
‘सरकारमा भष्टचार र व्यथिति बढ्दै गएको छ महिला हिसापनि बढेका छन् हामी यसको समेत विरोध गर्छौ’ उनले भने । काँग्रेसले प्रतिप्रक्षको भूमिका निभाउन नसेको आरोप खेपिरहेका बेला कैलालीमा विरोध प्रदर्शन आयोजना गर्न लागिएको हो ।सोमवार हुने विरोध सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै पूर्व मन्त्री राम जनम चौधरी,नेपाली काँग्रेस प्रदेश सभा सचेतक टेकबहादुर रैका र धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले पनि विरोध कार्यक्रममा सम्बोधन गर्ने छन् ।
सोमवार ११ बजे धनगढीको चौराहा बाट सुरु भएको विरोध ¥याली पार्क चोकमा कोण सभामा परिन्त हुने काँग्रेस जिल्ला शाखाले जनाएको छ । विरोध सभामा कैलाली जिल्लाका विभिन्न क्षेत्रबाट १२ हजार बढीको सहभागिता हुने सभापति शाहले बताए । सोमवार काँग्रेसले देशव्यापी रूपमा ७७ वटै जिल्लामा विरोध सभा प्रदर्शन गर्न लागेको हो ।