धनगढी, मंसिर २३/ कैलालीको धनगढी उप–महानगरपालिका –१४ फूलवारीमा नेकपा परित्याग गरी चारजना महिला नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाले जनचाहना अनुसार काम गर्न नसकेको भन्दै उनिहरुले नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस धनगढी उप–महानगरपालिका वडा नम्बर–१४का सभापती हर्कबहादुर घिमिरेको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस धनगढी उप–महानगरपालिकाका नगर अध्यक्ष समेत रहेका मेयर नृपबहादुर वड प्रमुख अतिथी रहेका थिए ।
कांग्रेस प्रवेश गरेका चारै जना महिलाहरुलाई प्रमुख अतिथी वडले नेपाली कांग्रेसको सदस्यता प्रदान गरी कांग्रेसमा स्वागत गरे । सो कार्यक्रमा बोल्दै वडले नेकपाले नेतृत्व गरेकोे दुई तिहाईको सरकार ईतिहासकै भ्रष्ट,देश र जनताका पक्षमा काम गर्न नसकेको बताएका छन्। उनले नेकपाका अध्यक्ष प्रचण्डले १७ जनाको हितकालागि १७ हजारको हत्या गरेको समेत टिप्पणी गरेका छन् ।