धनगढी, २२ मंसिर/ हिन्दू धर्मगुरु ‘सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास’ भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीले बहस गराएर सफाइ दिएको छ।
बलात्कारको आरोप लागेसँगै पक्राउ परेका उनलाई सोमवार जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको हो।
एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी जाहेरी दिएपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए र उनीविरुद्ध फौजदारी मुद्दा चलेको थियो।
तर उनी फरार भएर भारत पुगे जहाँबाट उनलाई नेपाल प्रहरीले पछि पक्राउ गरेर नेपाल नै ल्यायो।