काठमाडौँ, २२ मंसिर/ मंसिर २२ गते (सोमबार) आज रमेश प्रसाईँको विवाह भएको छ। प्रसाईँले कालिकोट महावै गाउपालिका ४ की नन्दा सिहसँग विवाह गरेका हुन्। मैवाखोला ५ ताप्लेजुङमा बुबा केदारनाथ प्रसाईँ र आमा सविता प्रसाईँको सन्तानका रुपमा जन्मेका प्रसाईँ शारीरिक रुपमा केही अशक्त रहेपनि उनी अभिव्यक्ति दिन माहिर मानिदै आएका छन्।
प्रखर वक्ताको रुपमा चिनिँदै आएका प्रसाईँले सामाजिक अभियानका साथै राष्ट्र र राष्ट्रियताको सवालमा सामाजिक सञ्जाल र युट्युबमा खरो अभिव्यक्ति दिदैँ आएका छन्।
पछिल्लो समय प्रसाईँले गायक सुरेश गन्धर्वको कालजयी गीत ‘रिन्केबुङको राँगोलाई, चुन्कुेबुङको चुलेसीले, ताप्लेजुङमा ताकेर‘। भन्ने गाएर आफूलाई सांगीतिक क्षेत्रमा पनि अव्बल प्रमाणित गरिसकेका छन्। उनको विवाह समारोह चलिरहँदा सोही गीत पृष्ठभूमिमा लोकबाजा धुनमा लगातार बजाइएको थियो।
उनै प्रसाईँका निकट मित्र शनिश्चरे नगरपालिका (५ मोरङका जीवन बिष्टको पनि मंसिर २२ गते आज नै धरानमा एकै ठाँउमा विवाह भएको हो। प्रसाईँ र बिष्टको मित्रताको कारण दुवैजनाले एउटै कार्ड छापेर एउटै मण्डपबाट विवाह गरेको बताईएको छ। बिष्टले भने देउराली ५ धरानकी जुनु तामाङसँग विवाह गरेका हुन्।