धनगढी, २२ मंसिर/ सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समिति सभापति कुमारी नन्दा बमले पछिल्लो समय सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै गएको भन्दै यसप्रति प्रदेश सरकार गम्भीर हुनुपर्ने बताएकी छन् ।
सोमबार विज्ञप्ती जारी गर्दै उनले सडक सवारी दुर्घटना न्यूनिकरणका बिषयमा प्रदेश सरकार गम्भीर भएर काम थाल्न माग गरेकी छन् ।
सुरक्षा संरचनाको कमीले दुर्घटना बढेको भन्दै पटक–पटक आवाज उठाउदा पनि यस बारेमा प्रदेश सरकारले चाँसो नदेखाएको विज्ञप्तीमा उल्लेख छ ।
सडक खण्डहरु जिर्ण हुदै जादा पनि त्यसको मर्मत र पुनः निर्माणको काम हुन नसकेको भन्दे सासंद बमले प्रदेश सरकारले यथाशीघ्र काम थाल्नुपर्ने उनको माग छ ।
यस्तै सडकमा राख्नुपर्ने ट्रफिक लाईट, ट्राफिक चिन्हहरुको ब्यबस्थापनमा लापरबाही नगर्न समेत आग्रह गरेकी छन् ।
उनले विभिन्न समय भएका दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेको प्रदेश सरकारले उपचार र राहतको व्यवस्था गर्नुपर्ने माग गरेकी छन् ।
