धनगढी, १९ मंसिर/ डोटीमा बालिका हत्याका अभियुक्त अस्पतालबाट फरार भएको १० घण्टामै पक्राउ गर्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) सहितका ४ जना प्रहरी पुरस्कृत भएका छन्।
बझाङकी १२ वर्षीया बालिकाको हत्या अभियोग लागेपछि पुर्पक्षका लागि कारागार चलान भएका मष्टा गाउँपालिकाका राजेन्द्र बोहरा जिल्ला अस्पताल डोटीबाट भागेको १० घण्टामै पक्राउ गर्ने प्रहरी निरीक्षक कान्तिराज जोशीसहितका ४ प्रहरी पुरस्कृत भएका हुन्।
पुरस्कृत हुनेमा प्रहरी निरीक्षक जोशी, प्रहरी सहायक निरीक्षक जगदिशप्रसाद भट्ट, प्रहरी जवानद्वय देवेन्द्र बहादुर सिह र दिनेश सुनार रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले रेर्कडमा रहनेगरी नगदसहित पुरस्कृत गरेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।
उनका अनुसार चारै जना प्रहरी जिल्ला प्रहरी कार्यांलयमै कार्यरत रहेका छन्।