लम्की, १९ मंसिर/ कैलालीको डुडेझारी घटना घटेको आज १२ वर्ष पुगेको छ । २०६६ साल मंसीर १९ गते आजकै दिन तत्कालीन अवस्थामा डुडेझारीमा वसेका सुकुम्वासी र प्रहरी विच झडप हुदा १ प्रहरी सहित अन्य चार जना सर्वसाधारणको ज्यान गएको थियो । गरीव निमुखा र भुमिहिन हरुलाई जग्गा दिने भन्दै तत्कालीन नेकपा माओवादीले विभिन्न जिल्लाबाट सयौं मानिस बोलाएर डुडेझारीमा बस्न लगाएको थियो ।
सर्वहारा जनताको मुक्तीको लागी १० वर्षे जनयुद्ध लडेको तत्कालीन माओवादी अहिले देशकै ठुलो दलमा समाहित भएको छ तर सर्वहाराको अवस्था अहिले पनी जस्ताको तस्तै छ । जग्गा पाउने आशा अहिले पनी उनिहरुले मारेका छैन । जनयुद्धको नेतृत्व गरेकाहरुले पटक पटक सिंहदरवारको बगडोर समाले र मुक्तीको पर्खाईमा वसेका नागरीकको अवस्थामा अहिले पनी सुधार आउन सकेन ।
तत्कालीन एमालेको नेतृत्वमा बनेको सरकारका प्रमुख प्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री भिम रावलकै कार्यकालमा सुकुम्बासी बस्तीका टहरामा आगो लगाएपछी डुडेझारी क्षेत्र रणभुमि मैदानमा परीणत भएको थियो ।
पटक पटक सुकुम्बासी बस्तीका टहरामा टेकेर राजनितिको महल खडा गर्नेहरु अहिले पनी जनताको समस्या समाधानका लागी लागीहरको खोक्रो भाषण गर्न छोडेका छैनन् । त्यही विषयलाइ निरन्तर चुनावी नारा वनाउदै सिंहरवारको भ¥याङ आज सम्म पनी चढीरहेका छन् । उनिहरुको भने त्यसैको रमिता हेर्ने वाहेक अन्य उपलव्धी हात पार्न सकेका छैन । तत्कालीन माओवादीले सो अवस्थामा डुडेझारी घटनालाई उचाले पनी अहिले भने आफुहरुका समस्या विर्सिदै गएको उनिहरुको आरोप छ ।
घटना पछी कैलाली आईपुगेका तत्कालीन माओवादीका अध्यक्ष तथा अहिलेको नेकपाका समेत अध्यक्ष रहेका पुष्पकमल दाहालले ठुलो आश्वासन दिए । डुडेझारी घटना पछी त्यहाँ बसीरहेका केहि सुकुम्वासी परिवार अहिले भुरुवाको जंगलमा बसीरहेका छन् । अझै पनी जगाा पाउने आश मरेको छैन् ।
उनिहरु अहिले भन्छन् ‘लंकामा सुन छ कान मेरो वुच्चै, तत्कालीन अवस्थामा सुकुम्वासीका वस्तीमा टहरा बनाउन लगाउने र टहरामा आगो लगाउनेहरु अहिले एउटै पार्टीमा छन्। सकारको नेतृत्व गरीरहेका छन्। भन्न छाडेका छैनन् समस्या समाधान गरेरै छोड्छौ तर कहिले सम्म पर्खाईका १२ वर्ष त यत्तीकै बिते । अझै पनी आशा भने मारेका छैनन ।
आङै सिरिङ्ग हुने र दृश्य हेर्दा पनी हृदयविधारक लाग्ने यो घटना सम्झीदा अहिले पनी हरेक नागरीकका आखामा आशु आउछ । घटना घटाउने को थिए र बस्तीमा आगो लगाउनेको थिए सबै सामु छलंगै छ । सकुम्बासी समस्यालाई राजनिति गर्नेहरु अहिले पनी सत्ताकै आहालमा छन् । राजधानीमा खान्दानी महल ठड्याईरहेका छन् । सिंहदरवारको अधिकार गाउँ गाउमा पु¥याउने सरकारको नारा नारमै सिमित छ । देशमा ३ तहको सरकार छ । गाउदेखि सिंहदरवार सम्म तर सुकुम्वासीका समस्या समाधान गर्न उनिहरुलाई कसले रोकेको छ आम नागरीकले जवाफ खोज्ने बेला आएको छ ।