बुडर (डाेटी) १७ मंसिर : शैलेश्वरी जोरायल प्रदेश स्तरीय फूटबल प्रतियोगिताको पहिलो खेलमा जोरायल स्पोर्ट्स क्लबले शुन्यका विरुद्ध ४ गोलले युनिक स्पोर्ट्स क्लब लाई पराजित गरेको छ ।
जोरायल गाउँपालिकाको आयोजनामा संचालक गरिएको उक्त प्रतियोगिता को उद्घाटन गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले गरेका थिए ।
१,१११११ प्रथम पुरुस्कार र दोश्रो ५५,५५५ गरि धनराषी को प्रतियोगिता सन्चालन जोरायल गाउँ पालिका को रामपुर माबिको फूटबल मैदान मा सन्चालन भैरहेको छ ।
जोरायल स्पोर्ट्स क्लब बाट खेलाडी बिनोद केसीले एक्लैले युनिक स्पोर्ट्स क्लबलाई चार गोल याेगफल जाेडेका थिए ।
खेलाडिको उच्च मनोबलका साथ यो सिल्ड जित्ने पक्काका खेल खेल्न शुभकामना पनि स्पोर्ट्स क्लबका अध्यक्ष दिपजङ्ग मल्लले दिएका छन ।