धनगढी, १५ मंसिर/बाजुरा जिल्लामा घर भएकी एक युवती सोमबार लागु औषध ओसार पसार गरिरहेको अवस्थामा काठमाण्डौ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौमुल गाउँपालिकाकी विनिस्ता धामी र एक नाबालक ब्राउन सुगर सहित पक्राउ गरेको काठमाण्डौ प्रहरीले जनाएको छ ।
धामीसंग एक सय दशमलव १ ग्राम हिरोइन सहित रगेँहात पक्राउ गरेको प्रहरीको भनाई रहेको छ ।
उनलाई लागु औषध ओसार पसारको ऐन अनुसार जरिवाना र कैद गरिने प्रहरीले जनाएको छ । उनको मुद्धा भक्तपुर अदालत सम्म पुगीसकेको प्रहरीको भनाई रहेको छ ।
बाजुराबाट अध्ययनका लागि काठमाण्डौ गएकी धामीले सोमबार प्रहरीले अवैध लागु औषध ओसार पसार गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेकी धामी नेकपाको भातृ संगठन अनेरास्ववियु बाजुरा जिल्ला कमिटी सदस्य रहेको बताइएको छ ।