धनगढी, ७ मंसिर- आठ बर्षका वालक यशराज कर्ण गायन तर्फ लगेका छन् । तीन बर्ष गायनको अभ्यास थलेका यशराजले आमाको सम्झनामा नयाँ गित रेकर्ड गरी गायन क्षेत्रमा पाईला चालेका हुन् । उनलाई आमाले छोडेर गएरपछि गायन मार्फत आफ्नो पिडा पोखेका छन् । एक बालकका लागि आमा सबथोक हुन् तर यज्ञराज एक बर्षदेखि आमाको अभाव भोगिरहेका छन् । आमाको माया पाउनबाट बन्चित छन् । आमाको काख नभएको एक बर्ष भईसकेको छ उनलाई । बुबा त्रिवेन्द्र कर्णसँग बालापन विताईरहेका छन् । आमाको माया नपाएपछि उनी आमालाई पुकारिरहेका छन् । आमालाई खोजिरहेका छन् । सानै उमेरदेखि उनको चाहना उनका बुबा त्रिवेन्द्रले पुरा गरिरहेका छन् । उनका रहर बुझाईरहेका छन् ।
आठ बर्षका यज्ञराज कक्षा २ मा पढ्छन् । धनगढीको वेष्टर्न क्रिष्टल एकेडेमीमा पढ्छन् । गत बर्ष धनगढीमा आयोजना गरिएको जुनियर लिटिल प्रिन्सका विजेता पनि भईसकेका छन् । विभिन्न सार्वजनिक कार्यक्रम र सुदुरपश्चिम महोत्सवमा पनि हजारौंको सामु गीत गाईसकेका छन् । सयौं जनाका अगाडी निर्धक्कले नाचिसकेका छन् । आफ्नै सुस्केरा गुनगुनाएका छन् गीतमा । हे आमा तिमी बोलको गीत धनगढीमा रेकर्ड गराएका छन् उनले । मंसीर महिनाभित्र गीत र म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी गरिएको छ । यशराजले रेकर्ड गराएको पहिलो गीत उनकै वास्तविक जीवनमा आधारित छ । आफ्नै बाल्य जीवनको कथा बोलेका छन् यो गीतमा यशराजले ।
यसराजका बुबा त्रिवेन्द्रको सपना गायक बन्ने थियो । तर उनी डान्सर बने । त्यही आफ्नो गायक बन्ने सपनालाई छोरा मार्फत साकार गर्दै छन् त्रिवेन्द्र । यशराजको स्वरमा रहेको गीतको शब्द र संगित अहिलेका चर्चित संगीतकार भीम विसीले भरेका छन् ।
भीमले यशराजका लागि तयार पारे हे आमा तिमी बोलको गीत । त्यसमा संगीत भरे । अनि एरेन्ज गर्न लगाए । म्युजिक ट्रयाक तयार भयो । यसराजलाई अभ्यास गराईयो । अहिले आएर धनगढीमै रेकर्ड गरियो गीतलाई संगीतकार तथा रचनाकार भीम विसीकै उपस्थितिमा ।
यस्तो छ गितको शब्द
हजार बर्ष बाँच तिमी
हजार खुशी साच तिमी ।
मनले चिताएका सबै कुरा
पलभरमै खुशी बाड तिमी ।।
हे आमा तिमी स्वर्गै सरि छौ
हे आमा तिमी धर्ती मेरै हौ ।।।।
यशराजले गीतलाई धनगढीको अपटेक स्टुडियोमा रेकर्ड गराएका छन् । अब भने एक महिनाभित्र गीत र गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने गरी काम अघि बढाईएको छ । त्रिवेन्द्र कर्ण दुई दशकदेखि धनगढीमा डान्सर र डान्स डाईरेक्टरको रुपमा काम गरिरहेका छन् । ५० भन्दा वढी म्युजिक भिडियो बनाएका छन् । आफै अभिनय पनि गरेका छन् । स्थानीय चलचित्रमा अभिनयसँगै गीत पनि गाएका छन् । सयौं स्टेज कार्यक्रममा आफ्नो क्षमता पनि देखाएका छन् ।
बुबा त्रिबेन्द्रका अनुसार यशराजलाई कलाकार बन्ने रहर छ । छोराको रहरलाई पुरा गर्नु नै उनको पहिलो प्राथमिकता हो । त्यही भएर उनले आफ्ना ईच्छा चाहना मारेर पनि छोराका रहरलाई पुरा गरिरहेका छन् । आमाको अभाव महसुस नहोस् भने लागिरहेका छन् । उनले आफ्नो पारिवारिक जीवनको बारेमा अहिले नै केही सोचेका छैनन् ।