धनगढी, ३० कार्तिक-प्रथम जोरायल खुल्ला पेनाल्टी सुटआउट प्रतियोगिताको बनदेबी युवा क्लव तेघरी बिजेता बनेको छ । जोरायल स्पोर्ट्स क्लबले डोटीको जोरायलमा आयोजना गरेको पेनाल्टी सुटआउट प्रतियोगिताको उपबिजेता आदर्श नब युवा क्लब हसनपुर बनेको छ ।
बिजेतालाई २१ हजार र उपबिजेतालाई ११ हजार धनराशी रहेको प्रतियोगितामा १६ टिम सहभागि रहेको प्रतियोगिताका संयोजक अनिल कठायतले जानकारी दिए ।
जोरायल स्पोर्ट्स क्लबका जितजंग मल्लको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी जोरायल गाउपालिका डोटीका अध्यक्ष दुर्गादत्त ओझा, बिशिष्ठ अतिथी वडा नम्बर ३का अध्यक्ष दिनेश मल्ल, बिशिष्ठ अतिथी सुदूरपश्चिम ११का महासचिव प्रकाश शाही रहेका थिए । जोरायल स्पोर्ट्स क्लबका सल्लाहकार जितेन्द्र बोहराले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य क्लवका सदस्य लक्ष्मण देउवाले गरेका थिए ।
