एजेन्सी – बार्सिलोनाका पूर्व प्रशिक्षक क्विके सेटिनले सुपर स्टार लिओनल मेस्सी व्यवस्थापन गर्न कठीन खेलाडी भएको बताएका छन् । इर्नेस्टो भालभेर्डेको ठाँउ लिदै २०२० को जनवरीमा सेटिन बार्सिलोनाको प्रशिक्षक बनेका थिए ।
७ महिना बार्सिलोनाको प्रशिक्षक रहँदा च्याम्पियन्स लिग क्वार्टरफाइनलमा ८–२ ले गुमाएको खेल सेटिनको अन्तिम खेल थियो । स्पेनिस टोलीका पूर्व प्रशिक्षक भिसेन्टे डेल बोस्केसँग बसेर दिएको अन्तवार्ताका क्रममा क्याम्प नोउमो वातावरण र मेस्सीसँगको सम्बन्धका बारेमा बोलेका थिए ।
‘त्यहाँ धेरै खेलाडीलाई व्यवस्थापन गर्न गाह्रो छ । त्यसमध्ये मेस्सी एक हुन् ,’ उनले व्यख्या गरे, ‘उनी फुटबल उत्कृष्ट खेलाडी भएको पनि हामीले बिर्सन हुदैन । त्यस्ता खेलाडीलाई परिवर्तन गर्ने कोशिस गर्ने म को हो ? यति लामो समयदेखि उनले आफुलाई परिवर्तन नगर्दा क्लबले त स्वीकारेको छ भने म त्यस्तो अवस्थामा केहि गर्न सक्दैनथे ।’
क्लबको प्रशिक्षकका रुपमा एउटा खेलाडीको व्यवस्थानमात्र नभई त्यहाँ अन्य विषय पनि जटिल रहेको सेटिनले बताए । ‘माइकल जोर्डनको वृतचित्र हेर्दा पनि हामी बुझ्न सक्छौं । एउटा खेलाडी कसरी तयार हुन्छ भनेर । कतिपय हामीले नसोचेका कुरा हुन्छन,’ उनले थपे, ‘मेस्सी थोरै बोल्छन् । तर उनी आफुले चाहेको जसरी अरुबाट आशा राख्छन् । उनी धेरै कुरा गर्दै तर हेर्छन् ।’
टाटा मार्टिनोले मेस्सीका बारेमा भनेको प्रसंग डेल बोस्केले स्मरण गरे । उनले भने, ‘यदि उनले अध्यक्षलाई फोन गर्न सक्छन् भने मैले बुझ्नु पर्छ म जुन सुकै बेला पनि बर्खास्त हुन सक्छु ।’ सेटिनले त्यसको जवाफ रक्षात्मक शैलीमा दिए ।
‘मैले मार्टिनो वा अरु कसैको उदाहरण दिइराख्न आवश्य छैन । मेरो आफ्नै अनुभव छ । खेलाडी र अन्इ विषयमा मसँग पर्याप्त अनुभव छ,’ उनले भने, ‘क्लब छाडेपछि मैले धेरै बुझे केहि त्यस्ता क्षण छन् जहाँ पहिले नै निर्णय भइसक्थे । तर त्यहाँ आफुभन्दा शक्तिशाली अरु कोही छ ।’
सेटिनका अनुसार कैयौं मानिसहरुले मेस्सी र अन्य खेलाडीलाई क्लब र प्रशिक्षक भन्दा बढी महत्वपूर्ण मान्छन् । पछिल्लो १४ वर्षमा सबै चिज जित्ने खेलाडी आफुसँग हुँदा त्यस्तो सोचिनुलाई स्टेन स्वभाविक मान्छिन् ।
‘मेस्सी सदाबहार उत्कृष्ट हुन् । फुटबल इतिहासमा थुप्रै उत्कृष्ट खेलाडी छन् ,’ उनले मेस्सीको तारिफमा भने, ‘तर उनी त्यस्ता खेलाडी हुन् जो वर्षौ देखि एकरुपको प्रदर्शन गरिरहेका छन् ।’
बायर्नसँगको लज्जास्पद हार लामो समयसम्म धेरैको सम्झनामा रहने र त्यसमा आफु पनि रहेको सेटिनले बताएका छन् । ‘त्यो साच्चै दुखद हार थियो । इतिहासमा त्यस्तो हार पनि भएको थियो । म त्यसको जिम्मेवारी लिन्छु । एक दिन त्यो विषयमा लेख्नेछु,’ उनले भने, ‘ त्यो हार अघि कस्तो निर्णय लिएको थियो भन्ने मलाई याद छ ।’