एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२० मा हारको बाबजुद पनि प्ले अफमा स्थान बनाएको छ ।
सोमबार राती आफ्नो लिग चरणको अन्तिम खेलमा बेंगलोर दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित भएपनि कोलकाताको भन्दा नेट रनरेट राम्रो हुँदा अन्तिम चारमा रहेर प्ले अफ खेल्ने निश्चित बनेको हो । अन्तिम खेलको नतिजा पर्खनु परेन । बेंगलोर दिल्लीसँग पराजित हुँदा सोझै क्वालिफायरमा स्थान बनाउन भने चुकेको छ ।
बेंगलोरको १४ खेलमा समान ७ मा जित र हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । समान १४ खेलमा ७–७ मा जित र हार सहित कोलकाता नाइट राइडर्सको १४ अंक भएपनि नेट रनरेटको आधारमा चौथो स्थानमा छ । बेंगलोरको नेट रनरेट – ०।१७२ रहँदा कोलकाताको –०।२१४ छ ।
मंगलबार आइपिएलको लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबाद शीर्षस्थानको मुम्बई इन्डियन्स भिड्दै छन् । हैदराबाद विजयी भएमा नेट रनरेटको आधारमा प्ले अफमा पुग्दा कोलकाता लिग चरणबाट बाहिरिने छ । हैदराबाद पराजित भएमा कोलकाता प्ले अफमा पुग्ने छ । हैदराबादको नेटरनरेट ०।५५५ छ ।
शीर्षस्थानमा रहेको मुम्बई र दोस्रो स्थानमा रहेका दिल्ली क्यापिटल्सबीच पहिलो क्वालिफायर बिहिबार ९नोभेम्बर ५० खेल्ने छन् । चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै दिल्ली पहिलो पटक फाइनलमा प्रवेश गर्दै इतिहास रच्न चाहन्छ । जसको विजेता सोझै फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने छन् ।
शुक्रबार ९नोभेम्बर ६० हुने एलिमिनेटर खेलमा बेंगलोरसँग कोलकाता र हैदराबाद मध्य एक टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने छ । उक्त खेल आइतबार९नोभेम्बर ८० हुने छ । फाइनल मंगलबार ९नोभेम्बर१०० हुने छ ।
