दाङ। दाङमा आफ्नै भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ। चराएर घर फर्किने क्रममा भैँसीले हान्दा गढवा गाउँपालिका ६ बालापुरका ५५ वर्षीया राधा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
गढवा–७ मानपुरमा भैँसीले यादवलाई हानेको हो। उनको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो।