• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पोल गाडेको सात वर्षपछि बिजुली

बैतडी : बैतडी जिल्लाकाे पाटन नगरपालिका ९ भट्याडी गाउँमा पोल गाडेको सात वर्षपछि बिजुली बलेको छ । गाउँमा बिजुलीबत्ती बलेपछि स्थानीयबासी खुसी भएका छन् । विद्युत विस्तारका लागि पोल गाडिएका भएपनि विद्युत विस्तार नहुँदा स्थानीयहरु अन्धकारमा बस्न बाध्य रहेका थिए ।

गाउँमा विद्युतीकरणका लागि आफूहरुले पहल गरेर विद्युत वितरण केन्द्र पाटन शाखाको सहयोगमा गाउँमा बिजुलीबत्ती बलेको स्थानीय कर्णबहादुर बिष्टले बताए । उनले भने, “गाउँमा पोल गाडिएको धेरै वर्ष सम्म विद्युत नपुग्दा हामीले गाउँलेहरुसित सल्लाह गरेर श्रमदानमा विद्युत विस्तार गरेका छौँ । तार तान्ने, पोल गाड्ने लगायतका काममा स्थानीयले श्रमदान गरेपछि गाउँमा बिजुली बलेको हो ।”

स्थानीयको ५० हजार बढीको श्रमदान र विद्युतका कर्मचारीको सहयोगमा विद्युत विस्तार भएपछि गाउँलेहरु खुसी भएका स्थानीय डम्मरसिंह भाटले बताए । अहिले गाउँका २८ घरधुरीमा बिजुली बलेको छ । उनले भने, “गाउँमा बिजुली बलेपछि स्थानीयबासी निकै खुसी भएका छन् । करिब १२ घरमा विद्युत पुग्न बाँकी छ । त्यसका लागि पहल गरिरहेका छौँ ।” सडक नजिकैको भट्याडीमा विद्युत सेवा विस्तारपछि स्थानीयलाई सजिलो भएको दीपकसिंह भाटले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणले गाउँमा विद्युत विस्तार गर्ने कार्यक्रम अन्तर्गत अध्याँरा गाउँहरुमा विद्युत विस्तार गरिरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिए ।

बैतडीको मेलौली नगरपालिका २ रौतगाउँ र कपडतमा विद्युत विस्तार गरिएको छ । प्राधिकरणको विद्युत विस्तार गर्ने रणनीति अनुसार गाउँगाउँमा विद्युत विस्तार जारी रहेको हो । ट्रान्सफर्मर चार्ज गरेर दुवै गाउँमा विद्युत बालिसकेको नेपाल प्राधिकरण वितरण केन्द्र बैतडीका सुपरभाईजर माधवप्रसाद लेखकले जानकारी दिए । उनले भने“ अब ग्राहकले मिटर जडान गरेमा सबै घरमा विद्युत लाइन जडान गरिनेछ । ”

यो आर्थिक वर्षमा पनि ग्रामीण क्षेत्रमा विद्युत विस्तार कार्यक्रम रहेको र सोही अनुसार ग्रामीण क्षेत्रमा विद्युुत विस्तार भईरहेको प्राधिकरण बैतडीका प्रमुख मोहनदेव जोशीले जानकारी दिए । गत आर्थिक वर्षमा पनि १८ सय घरमा विद्युत विस्तार गरिएको थियो । गत आर्थिक वर्षमा जिल्लाका १२ ठाउँमा ट्रान्सफर्मर राखेर विद्युत सेवा विस्तार गरिएको हो । जिल्लाको सुर्नया गाउँपालिकाको शङ्करपुर, पाटनको किम्तोली, बाटुलासौं, मजेरा, भडाली, डुब्केकोइरालीमा नयाँ ट्रान्सफर्मर राखिएको छ ।

यस्तै पञ्चेश्वरको जेबलकटट्या, बिजुल र सेलीमा नयाँ ट्रान्सफर्मर राखिएको छ भने डिलाशैनीको सेरी र दोगडाकेदारको सित्तडमा नयाँ ट्रान्सफर्मर राखिएको प्रमुख जोशीले जानकारी दिए ।
पोल गाडेको ३ वर्षपछि दोगडाकेदार गाउँपालिका ५ को दुर्गमबस्ती जिमकोटमा पहिलोपटक बिजुली बलेको छ । स्थानीय युवाको सक्रियताले तीन वर्षपछि जिमकोट अध्यारोमुक्त हुन सफल भएको हो । जिमकोटका केही ठाउँमा पोल गाडेको र गाड्न बाँकी ठाउँमा युवाहरु आफैंले पोल गाडेर बिजुली बाल्न सफल भएको स्थानीय भिमसिंह भाटले जानकारी दिए ।

स्थानीय युवाले चन्दा सङ्कलन गरी प्राविधिकको पारिश्रमिक जुटाउनका साथै आफैले पोल गाड्ने र तार तान्ने काम गरेको भाटको भनाइ छ । उनले भने, “ कोरोना कहरले घरमै रहेका युवाले श्रमदान र चन्दा सङ्कलन गरी गाउँमा बिजुली बाल्न सफल भएका छौं । ” जिमकोटबासीको बिजुली बलेको हेर्ने धोको तीन वर्षपछि पुरा भएको स्थानीय युवा हरिसिंह भाटले बताए । उनले भने “ गाउँमा पहिलोपटक बिजुली बल्दा खुसीयाली छाएको छ, सबैजना खुसी भएका छन् । ”

कृषिमा आत्मनिर्भर बन्दै गएको जिमकोटमा बिजुली पुग्दा कृषि क्षेत्रमा थप सहयोग पुग्ने विश्वास गरिएको छ । रातियमा आउने जङ्गली जनावरले तरकारी तथा अन्नबाली नष्ट पार्ने हुँदा बिजुली पुगेपछि सहज भएको उनले बताए । जिमकोटमा ४० घर छन् ।

बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.