अछाम ११कार्तिक
ढकारी गाउँपालिका वडा नम्बर ३ मा गएराति धारिलो हतियार प्रहार गरि ढकारी गाउँपालिका ७ रुजका १५ वर्षिया बालक देबेन्द्र थापाको हत्या गरिएको छ ।
ढकारी गाउँपालिका १ मा रहेको बाचकोटबाट घरजाने क्रममा ढकारी गाउँपालिका वडा नम्बर ३ को गडिहाल्ने बजार नजिकै मदिराले लट्ठ परेका ढकारी गाउँपालिका ३ का ४२ बर्षिया नरेन्द्र बुढा र अर्का अन्दाजी २७ बर्षिय आईते भनिने नर बहादुर बुढाले घर फर्किदै गरेका देबेन्द्र थापाको समुहमा रहेका ६ जना माथि चक्कु लाठि प्रहार गरेका प्रहरीले जनाएको छ ।
६ जनाको समुहमा ४ जना भने भाग्न सफल भएपछी कुनै चोट पटक नलागेको र धारिलो हतियार प्रहार भएपछी देबेन्द्र थापा घट्ना स्थलमै बेहोस भई अचेत अबस्थामा जिल्ला अस्पताल अछाम ल्याई पुरयाउदा आज बिहान जिल्ला अस्पतालले मृत घोषणा गरेको बताईएको छ । अर्का गम्भीर घाईते वडा नम्बर ७ कै १४ बर्षित रुद्र थापाको अछाममा उपचार हुन नसके पछी थप उपचारका लागी नेपालगञ्ज रेफर गरिएको बताईएको छ । मृतक देबेन्दको्र शब जिल्ला अस्पताल अछाममा पोष्ट मार्टम पछी आफन्तको जिम्मा लगाईएको छ ।
गुरुकुल माध्यामिक विद्यालय ढकारीमा कक्षा ९ मा अध्ययनरत रहेका देबेन्द्रका आफन्तले आवश्यक कारबाही सहीत अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय अछाममा ढकारी गाउँपालिका ३ का ४२ बर्षिया नरेन्द्र बुढा र अर्का अन्दाजी २७ बर्षिय आईते भनिने नर बहादुर बुढा माथि किटानी जाहेरी गराईसकेका मृतकका थापाका वुवा लाल बहादुर थापाले बताउनु भयो ।
चक्कु प्रहार गर्ने ढकारी गाउँपालिका ३ का नरेन्द्र बुढालाई घरमा सुतिरहेको अवस्थामा आज बिहान नियन्त्रणमा लिएको र अर्का फरार ब्यक्तिको खोजि कार्य जारी रहेको अछामका प्रहरी प्रमुख डिएसपि योगेन्द्र सिह थापाले बताउनु भयो ।