धनगढी, ६ कार्तिक-सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।
बिहिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकमा दुबै परिवारलाई २/२ लाख दिने निर्णय गरिएको हो । तत्काल परिवारका सदस्यहरुलाई १ र १ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको हो ।
तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुख समेत रहेका असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरिएको थियो ।
