धनगढी, ५ कार्तिक- कोरोना संक्रमित महिलाले आईसुलेसनको शौचालयमा बच्चा जन्माएकी छिन् । कोरोना संक्रमति धनगढी ४ निवासी लक्ष्मी बिष्ंटले सेती प्रदेशिक अस्पतालको आईसुलेसनमा उपचारमा क्रममा शौचालयमै बच्चा जन्माएकी हुन् ।
आईसुलेसनमा रहेकी गर्भवती महिलालाई स्वास्थ्यकर्मीको रेखदेख नभएपछि शौचालयमै व्याथा लागि बच्चा जन्माएकी हुन् । आईसुलेसनमा अपचारार्थ रहेकी ईश्वरी जोराले गर्भबती शौचालयमा उद्वार गरी बच्चा सुरक्षित ल्याएकी थिईन् ।
बिष्टले एक किलो सात सय ग्राम तौल रहेको छोराको जन्म दिएकी हुन् । आईसुलेसनमा गर्भवती महिलाको उपचारमा अहिले सम्म कोही स्वास्थ्यकर्मी समेत नआएको उनको आरोप छ । बच्चा भने सेती प्रदेशिक अस्पतालमा राखिएको छ ।
कोरोना पुष्टी पछि मायामेट्रोले गर्भवतीको उपचार गरेन
गर्भवती व्यथा लागेकी लक्ष्मी बिष्टले एक हस्ता अघि मात्रै धनगढी चटकपुरमा रहेको मायामेट्रो अस्पतालमा उपचार गर्न पुगिनन् । तर, त्यहा कोरोना पुष्टी भएपछि उपचार गर्न नमानेको बिष्टको आरोप छ । कोरोना संक्रमण भएको भन्दै उपचार गर्न मायामेट्रो अस्पतालले नमानेपछि आफु आइसुलेसनमा आएको बिरामी बिष्टले बताईन् ।
भिडियो हेर्न यहा Click गर्नुहोस्