धनगढी ५ कार्तिक/ धनगढीको उत्तरबेहेडिमा रहेको गुरुकुल एकेडेमीले तेस्रोपटक अन्तराष्ट्रिय विद्यालय अवार्ड प्राप्त गरेको छ। बृटिस काउन्सिलद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा गुरुकुल एकेडमी धनगढीले उक्त अवार्ड प्राप्त गरेको हो ।
सन २०१२ र २०१५ गरि यस अघि विद्यालयले २ पटक उक्त अवार्ड प्राप्त गरिसकेको थियो ।
गुरुकुल एकेडमीकि प्रिन्सीपल सुनीता सुरीले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको मुल्यांकनको आधारमा बृटिस काउन्सिलले उक्त अवार्ड प्रदान गरेको बताइन् ।
अवार्डको लागि गुरुकुल एकेडमी सङ्गै ५० भन्दा बढी विद्यालय प्रतिस्पर्धामा रहेकोमा गुरुकुलले तेस्रोपटक उक्त अवार्ड प्राप्त गरेको एकेडमीका प्रबन्ध निर्देशक दीपक सुरिले बताए।
उनले भने “अवार्डले उत्साहित बनाएको छ, आगामी दिनमा अझै राम्रो कार्यसम्पादन गर्दै अघि बढ्ने छौ ।” 