धनगढी– सेती प्रादेशिक अस्पतालले भोलीदेखि कोरोना परीक्षण र संक्रमितको उपचार गर्दा शुल्क लिने भएको छ।
स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले साेमबार देखि नै शुल्क लिन निर्देशन दिएपनि मंगलबार देखि शुल्कअब कोरोना परीक्षण र उपचारको शुल्क लाग्ने
धनगढी– सेती प्रादेशिक अस्पतालले भोलीदेखि कोरोना परीक्षण र संक्रमितको उपचार गर्दा शुल्क लिने भएको छ।
स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले साेमबार देखि नै शुल्क लिन निर्देशन दिएपनि मंगलबार देखि शुल्क लिने तयारी भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
आर्थिकरुपमा विपन्न, असक्त, असाह एकल महिला, अति अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बाहेकका अन्य सबै व्यक्तिले कोरोना परीक्षण वा उपचारको खर्च तिर्नुपर्ने सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
‘परीक्षण र उपचार गर्ने भनिएका व्यक्तिहरुको कोरोना बीमा गरिएको भए बीमा रकमबाट उपचार खर्च बेहोरिनेछ। बीमा नभए सम्बन्धि व्यक्तिले मंगलबार देखि शुल्क तिर्नुपर्नेछ।’ सूचना अधिकारी श्रेष्ठले भने।
यसअघि सेती अस्पतालले कोरोना परीक्षण र उपचार निःशुल्क गर्दै आएको थियो भने स्वइच्छाले केही व्यक्तिले परीक्षणको शुल्क तिर्दै आएका थिए। अहिले सेती प्रादेशिक अस्पतालमा ४६ जना कोरोना संक्रमितको उपचार भईरहेको छ। लिने तयारी भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
आर्थिकरुपमा विपन्न, असक्त, असाह एकल महिला, अति अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बाहेकका अन्य सबै व्यक्तिले कोरोना परीक्षण वा उपचारको खर्च तिर्नुपर्ने सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
‘परीक्षण र उपचार गर्ने भनिएका व्यक्तिहरुको कोरोना बीमा गरिएको भए बीमा रकमबाट उपचार खर्च बेहोरिनेछ। बीमा नभए सम्बन्धि व्यक्तिले मंगलबार देखि शुल्क तिर्नुपर्नेछ।’ सूचना अधिकारी श्रेष्ठले भने।
यसअघि सेती अस्पतालले कोरोना परीक्षण र उपचार निःशुल्क गर्दै आएको थियो भने स्वइच्छाले केही व्यक्तिले परीक्षणको शुल्क तिर्दै आएका थिए। अहिले सेती प्रादेशिक अस्पतालमा ४६ जना कोरोना संक्रमितको उपचार भईरहेको छ।