धनगढी, १ कातिक
लोपोन्मुख जाती राउटेकी एक बालिका एसईई उत्तिर्ण भएपछि कानुन बिषयको पठनपाठन हुने विद्यालयको खोजी गर्दै धनगढी पुगेकी छन् ।
डडेल्धुरा जिल्लाको भागेश्वर माध्यमिक विद्यालयबाट एसईई उत्तिर्ण गरेपछि १८ बर्षिया देबु कुमारी राउते कक्षा ११ मा कानुन बिषयको पठनपाठन हुने विद्यालयको खोजि गर्दै धनगढी पुगेकी हुन । ‘राउटे लगायत लोपोन्मुख जातीको संरक्षणका लागि सरकारले कानुनहरु ल्याएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, देबुले भनिन्, ‘कानुन पढेर राउटे र राउटे जस्तै लोपोन्मुख जातीको अधिकारका बिषयमा वकालत गर्ने छु ।’ राउटे जातीबाट पहिलो वकिल बन्ने रहरले कानुन पढ्न धनगढी आएकी हुँ, देबुले भनिन्, धेरै विद्यालयमा पुगे त्रिनगर माध्यमिक विद्यालयले कानुन संकायमा भर्ना गरि दियो । धनगढीकै थुप्रै विद्यालय र क्याम्पसमा कहाँ कानुनको सस्तो पढाई छ भनेर आफुले धाएको देबुले बताईन् ।

त्रिनगर माध्यमिक विद्यायमा प्रधानाध्यपक भुपालसिंह खड्काले राउटे बालिकाको पढाई विद्यालयले निःशुल्क गर्नेगरि भर्ना लिएको बताए । देबु संगै लोपोन्मुख जातीका ३ जना विद्यार्थीलाई त्रिनगर माध्यमिक विद्यालयले निःशुल्क पढाउने गरि भर्ना गरेको पनि प्रधानाध्यपक खड्काले बताए । देबु कानुन संकायमा भर्ना भएपनि अरु दुईजना विद्यार्थी कलावती कुमारी राउटे र पार्वती कुमारी राउटे शिक्षा संकायमा भर्ना भएकाछन् । उनिहरुको डेरा तथा खानाको ब्यबस्थाका लागि धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड संग समन्वय भैरहेको प्रधानाध्यापक खड्काले बताए ।
जंगलमा बसोबास गर्ने राउटे जाती पछिल्लो झण्डै २० बर्ष यता डडेल्धुरा जिल्लाको भित्री मधेष क्षेत्रमा पर्ने परशुराम नगरपालिका वडा नं १२ आमपानी र रजडामा ४१ प्रिवार बस्दै आएका छन् । जिवनशैलीलाई रुपान्तरण गर्दै अहिले राउटेहरु केटाकेटीहरुलाई विद्यालय पठाउने, ज्यालामजदुरी गर्ने, तरकारी खेती गर्ने गर्दछन् । गएको शैक्षिकसत्रमा स्थानीय भागेश्वर माविबाट तीन जनाले तीन जना राउटे समुदायका बालिकाले एसईई पास गरेका थिए ।
यस अघि दुई जना छात्रहरुले एसईई पास गरेका भएपनि राउटे समुदायबाट एसईई पास गर्ने छात्राहरु यी तीनजना पहिलो हुन । सरकारले राउटे समुदायको संरक्षणको नीति लिएको भएपनि आमपानीमा स्थायी रुपमा राखिएका राउटेहरुको जिवन स्तर माथी उठाउन सकिएको छैन ।
