बाजुरा २९ असोज- दशैमा बाजुराबासीलाई खाद्य समस्या नहोस् भन्दै पदम खत्री स्मृती प्रतिष्ठानले बाजुराका बाढी पहिरो पिडित र विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
प्रतिष्ठानले विहिबार एक कार्यक्रमको आयोजना गरी त्रिवेणी र बुढीगंगा नगरपालिकाका बाढीपिडित र अतिविपन्न वर्गका ८१ परिवारलाई राहत वितरण गरेको हो । बाजुराका बाढीपिडित परिवारका लागि भन्दै प्रतिष्ठानले यस अघि नै धनगढीमा राहत संकलन अभियानको थालनी गरेको थियो ।
प्रतिष्ठानले बाजुराका बाढी पीडित, अतिविपन्न र कोभिड–१९ बाट प्रभावित बनेका परिवारलाई नजिकिदै गरेको दशैंमा खाद्यन्न समस्या नहोस भन्ने उद्देश्यले राहत वितरण गरिएकोे प्रतिष्ठानका कोषाध्यक्ष राजेन्द्र खत्रिले जानकारी दिए । त्यस्तै प्रतिष्ठानले बाढीपहिरोमा परि मृत्यु भएका बुढीगंगा नगरपालिका १ का धर्मराज तिमिल्सेनाको परिवारलाई समेत ४ हजार एक सय नगद रकम सहयोग गरेको छ ।
पदम खत्री स्मृति प्रतिष्ठानले दशैंको मुखैमा राहत स्वरुप खाद्यन्न सहयोग गरेपछि अतिविपन्न परिवारहरुलाई दशैंमा खाद्यन्न समस्या नहुने भएको छ । ‘दशैं तिहार नजिकिदै खाद्यन्नको समस्या थियो’ त्रिवेणी ९ पैमाकी बाढी पहिरो पिडित अम्बि नेपालीलले भनिन–‘राहत स्वरुप खाद्यन्न सहयोग गर्यो अव दशैमा केही दिनका लागि भएपनि खाद्यन्नको समस्या नहुने भयोे ।’
प्रतिष्ठानले धनगढीमा राहत कोष खडा गरी एक एक लाख रकम संकलन गरेको थियो । जसमा बडिमालीका ट्रेडिङ ईन्टरप्राईजेजका संचालक राजेन्द्र खत्रीले ११ हजार पाँच सय, वानस्टप अटोमोवाईल प्रालिका संचालक अभियन खड्काले १५ हजार, शुभश्री बडिमालिका ट्रेड सेन्टरका संचालक तथा नेपाली काँग्रेस बाजुराका सचिव रनसिहबहादुर आयडीले पाँच हजार एक सय, चर्चित डेउडा गायक नरेन्द्रराज रेग्मीले तिन हजार एक सय ११, स्व. पदम खत्रीका छोराहरु साउदी अबरमा रोगजार गर्दै आएका नरेन्द्र खत्रीले १० हजार, हाल दिल्ली निवासी लछी खत्रीले पाँच हजार, एएलबी ट्रेड एण्ड सप्लायर्स प्रालिका लोकेन्द्र खत्रीले पाँच हजार एक सय ११, एमएडब्लु भिर्दीको आधिकारिक बिक्रेता जयमष्टा अटोमोटभ्सि प्रालिका खेम रावतले पाँच हजार एक सय ११, राष्ट्रिय बाणिज्य बैक अत्तरियाका शाखा प्रमुख जितजंग सिह पाँच हजार पाँच सय ५५, खप्तड ट्रेड एण्ड सप्लायर्सका प्रेम नाथ पाँच हजार एक सय एक, डेउडा गायक लालबहादुर धामी (अछामी बड्डो) पाँच हजार, फ्युचरलाईन इन्स्युच्युटका पदम नेपालीले १० हजार, नेपाली काँग्रेस त्रिबेणी नगर कार्यसमिति सभापति जयबहादुर साँउद एक हजार पाँच, नेपाल ईन्सुरेन्स धनगढी शाखा प्रमुख सागर बमले पाँच हजार आर्थिक सहयोग गरेका थिए ।
पदम खत्री स्मृति प्रतिष्ठानद्धारा अति विपन्न र बाढी पहिरो पिडित परिवारलाई राहत वितरण कार्यक्रममा नेपाली काँग्रेसका पुर्व भुमि सुधार सहायक मन्त्री जनकराज गिरी, पुर्व सभासद देवराज जोशी, नेपाली काँग्रेसका वरिष्ठ नेता तथा त्रिवेणी नगर प्रमुख रामसिंह रावल, प्रतिष्ठानका कोषाध्यक्ष राजेन्द्र खत्री, शिक्षकक महासंघका केन्द्रीय सदस्य कर्णबहादुर थापा, नेवि संघ बाजुरा काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष चन्द्र रावत, सदस्य गोबिन्द बिष्ट, टेकबहादुर सिह, नेपाली काँग्रेस बाजुराका नेता तिलक पुरी, नन्दबहादुर थापा, हिरेन्द्र रोकाया, जयराज उपाध्याय, तिलक शाह, सुरत शाह, तालबहादुर रावत, त्रिबेणी नगरपालिकाका वडा नम्बर ९का अध्यक्ष बिरबहादुर बिष्ट, वडा नम्बर ७का वडा अध्यक्ष प्रेमबहादुर थापा, वडा नम्बर ८का अध्यक्ष भिम थापा, प्रेस युनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउवा लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
पदम खत्री स्मृति प्रतिष्ठानका अध्यक्ष अमसिह खत्रीको अध्यक्षतामा भएको राहत बितरण कार्यक्रममा स्वागत मन्तव्य रतन खत्रीले गरेका थिए ।
भिडियो हेर्न यहा Click गर्नुहोस्