बझाङ, २९ असोज/ बझाङमा मेचीमहाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा विस्तार गरिएको छ । ‘महिला तथा बालबालिका हिसां हाम्रो अभियान’ भन्ने मुल नाराका साथ बुधवार जिल्ला शाखाको कार्यसमिति र सल्लाहकार समिति गठन गरिएको हो ।
जिल्ला कार्यसमितिको संयोजकमा शान्ति महत जाग्री, सहसंयोजक सरस्वती जोशी, सचिब सीता खड्का, सहसचिव तुलसा खड्का, कोषाध्यक्ष समिता पुजारा, सदस्य टीका धामी, उत्तरा कुईकेल, कल्पना कठायत र बिना रोकाया जोशी चयन भएका छन् ।
यस्तै सल्लाहकारमा शान्ति बोहरा पुजारा, जयन्ती जोशी, धिरा खत्री, प्रभालक्ष्मी बजाल, रंगा देबि पुजारा र गोकुले देबि सिंह चयन भएको संयोजक महतले बताइन् ।
उनले अहिलेको समय र परिवेश अनुसार हरेक क्षेत्रबाट महिला बालबालिका विभिन्न हिसांमा बढ्दै गएको हुदाँ हिसां पिडितहरूको पिडामा मलम लगाउन र उनिहरूको आवाज बोल्न, जिल्लामा सुशासन कायम गराउनको लागि मेचीमहाकाली बुहारी संयुक्त आवाज गठन गरेको बताइन्।
ग्रामीण क्षेत्रमा रहेका महिला, बालबालिकाको हक हित र संरक्षण गर्न जिल्लाका १२ वटै स्थानीय तह समेट्ने गरि समिति लाई पूर्णता दिएको र अब जिल्लामा सकृय रूपमा अगाडि बढाउने समितिको दाबि छ ।