एजेन्सी । पछिल्लो केही महिनादेखि चर्चामा रहेकी अभिनेत्री कंगना रनावत बिरुद्ध कर्नाटकको तुमाकुरुस्थित न्यायिक मजिस्ट्रेट अदालतले उजुरी (एफआरआई) दर्ता गर्न आदेश दिएको छ ।
न्युज एजेन्सी पीटीआईका अनुसार यो आदेश कंगनाले गरेको एक ट्विटका कारण दिइएको हो। त्यसमा उनले कृषि विधेयकको विरोधमा उत्रिएका किसानविरुद्ध आपत्तिजनक कुरा लेखेकी छन् ।
अदालतले अधिवक्ता रमेश नाइकको दाबीअनुसार अभिनेत्री कंगनाविरुद्ध उजुरी दर्ताका लागि आदेश दिएको हो। अधिवक्ता नाइकले फौजदारी प्रक्रिया संहिता ९सीआरपीसी० को धारा १५६ ९३० बमोजिम निवेदन दर्ता गरेका अदालतले जनाएको छ ।