काठमाडौं २४ असोज । अभिनेता पल शाह, अभिनेत्री एलिजा गौतम, दुर्गेश थापा र अहिलेका चलेका मोडल सुधिर श्रेष्ठ अभिनित ‘किन यस्तो भो’ गीत सार्वजनिक भएको छ । शुभ मिडियाको प्रस्तुति रहेको उक्त गीत सरोज ओलीको रचना हो ।
दीपक शर्माको संगति रहेको गीतमा दुर्गेश थापा, डेभिड शंकर र बेनिशा पौडेलको स्वर रहेको छ । भूपेन्द्र अधिकारीको सम्पादन, नवराज उप्रेतीको छायाँकन र सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको छायाँकन त्रिपुरेश्वरस्थितु दशरथ रंगशालामा गरिएको हो ।
