-सुबाष कुँवर/धनगढी
लोकतन्त्रको आधारभूत सिद्धान्त भनेको जनताको ब्यापक सहभागिता बढाउनु हो । देशको कुल मतदातामा युवा जनसंख्याको प्रतिशतको आधारमा युवालाई नेतृत्वमा सहभागीताले दिलाउनु पर्दछ । किनकी ब्यापक सहभागिताले मात्रै लोकतन्त्रको आधार बलियो बन्दछ । आजको युवा उच्च बौद्धिक र शिक्षित छ, उनीहरुसंग उच्च जागरुकता छ । २१औ शताब्दिको युवा परिपक्क र जिम्मेवारी बुझ्न प्रयाप्त छ । पढेलेखेका धेरै युवाहरु राजनीतीमा विश्वास गर्दैनन । यदि ति युवाहरुले राजनीतिमा प्रशेश गर्दछन् तर, नेतृत्व भने पाएका छैनन् । युवाको ताजा विचार र नेतृत्व भएभने देशलाई समृद्धीको शिखरमा पुगाउन सक्छ । अहिले बढ्दो भ्रष्टचारले विकासमा वाधा ल्याएको छ ।
उद्देश्यनै राजनीति बनाएर राजनीतिमा होमिएका युवाहरु राजनीतिमा वातावरण बनाउनु पर्दछ । हरेक युवाहरुसंग नँया जोश जागर विचार र विकशीत धारणा र चाहाना हुन्छ । आङ्खनो देशलाई महाशक्ति बनाउने आकांक्षा हुन्छ । महाशक्ति भन्नाले हतियार वा मिसाइल मैले भनेको होइन । यसको अर्थ शिक्षाको शक्ति र समृद्धिको शक्ति भने पक्कै हो । विचारमा विश्वास गर्न युवाहरुलाई राजनीतिमा अवसर प्रदान गरिनु पर्दछ ।धेरै ब्यक्तिहरुले विश्वास गर्दैनन की कोमल उमेरका युवाहरुले राजनीती संग सम्बन्धीत षडयन्त्रहरु पुर्ण रुपमा बुझ्दैनन् । कहिले काही युवाहरु अपरिपक्क पनि देखिन्छन तर म भन्छु लोकतन्त्र को अर्थ भविश्यलाई आकार दिन चाहाने युवाहरुलाई समावेश गर्नु पनि हो । आज संसारको आशा युवा राजनीतिमा युवाहरु भ्रमित र षडयन्त्र राजनीतिका शिकार बन्दछन र राजनीति बाट फोहोरो खेल भित्र नै रुमलिरहन्छन अनी युवा राजनितीले दिशा र गती गुमाउन पुग्छ ।
युवाले स्वच्छ राजनीतीले प्रतिशपर्र्र्धा (बैचारिक राजनिती) प्रतिशपर्र्धा बनाउदैनन । फोहरी राजनीतीले निरन्तरता पाउदैछ । युवा राजनिती मुद्धाहरुलाई स्पष्ट रुपमा प्रभाब पार्दछ जुन विशेष गरी शिक्षा, आवास र रोजगारीमा पर्छ । दिशाहिन नेतृत्वले युवा शक्तिलाई विदेशका गल्लीमा लखेट्छ । धेरै महान विचारहरुले मात्र एक राम्रो समाजलाई जन्म दिन्छ “आजको प्रश्न नेतृत्वले नेताहरुका चाहाना अनुसार काम गर्ने कि भावी पुस्ताहरुको हितमा वर्तमान दवावको विरुद्ध लड्ने ?”
नेतृत्वको वास्तविक मार्गमा ध्यान केन्द्रीत गर्ने कि ? न्याय र नागरिक सतगुणलाई आत्मसाथ गरेर शक्ति सधै भ्रष्ट हुदैन भनेर भावि पुस्तालाई वास्तविक राजनीतीक नेतृत्व मार्गमा ध्यान केन्द्रीत गराउन लाग्ने जसले स्वतन्त्रता र समानता रहेको राज्यको कल्पना गरोस । युवा को नेतृत्व गर्नु भनेको अधिकार चलाउनु मात्र हैन र सबै नीतिगत निर्णयहरु कुण्ठित समर्थकहरुको बफादारीका लागी मात्र नरहोस यद्यपी समर्थनकर्ता बाट राजनीतिक बफादारी किन्न सकिदैन आजका लागी हैन भोलीका लागी चुनौतिको समाना गर्न र समाज परिवर्तन गर्न युवा नेतृत्व आवश्यक देख्छु ।