काठमाडौँ । युइएफएले युरोपको बर्षको उत्कृष्ट खेलाडीको उपाधि रोबेर्ट लेवानडोस्कीले जितेका छन् । विहिबार राति सार्बजनिक गरिएको नतिजामा लेवानडोस्कीले म्यानचेस्टर सिटी९बेल्जियम० का केभिन डी ब्रुने र बायर्न (जर्मनी) कै गोलकिपर मान्यूएल नोएरलाई पछाडी पार्दै युरोपको बर्षको उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् ।
युरोपको २०१९–२० को उत्कृष्ट खेलाडीको मनोनयनमा पछिल्लो १० बर्षमा पहिलो पटक लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो परेका थिएनन् ।
रोनाल्डो र मेसी युइएफएले यस अघि घोषणा गरेको च्याम्पियन्स लिगको व्यक्तिगत अवार्डको मनोनयनमा समेत परेका थिएनन् ।
त्यस्तै बर्षको युरोपको उत्कृष्ट महिला खेलाडीको उपाधि डेनमार्ककी पेर्निल हार्डरले जितेकी छन् । उनले इङल्याण्डकी लुसी ब्रोन्जे र फ्रान्सकी वेंडी रेनार्डलाई पछि पर्दै सो उपाधि जितेकी हुन् ।
त्यस्तै पुरुष म्यानेजरमा बायर्न म्युनिखका म्यानेजर हान्स डिएटर फ्लिकले जितेका छन् । उनले लिभरपुलका म्यानेजर जर्गेन क्लोप र आरबी लेइपजिंगका म्यानेजर जुलियन नागेल्समनलाई पराजित गर्दै युरोपको बर्षको उत्कृष्ट म्यानेजरको उपाधि जितेका हुन् ।
त्यस्तै बर्षको उत्कृष्ट गोलकिपरको उपाधि मान्युअल नेउर (बायर्न म्युनिख) ले जितेका छन् भने बर्षको उत्कृष्ट डिफेन्डरको उपाधि जोशुआ किम्मीच (बायर्न म्युनिख) ले जितेका छन् ।
त्यस्तै बर्षको उत्कृष्ट मिडफिल्डरको उपाधि केभिन डी ब्रुने (म्यानचेस्टर सिटी) ले जितेका छन् भने बर्षको उत्कृष्ट फरवार्डको उपाधि रोबेर्ट लेवानडोस्की (बायर्न म्युनिख) ले जितेका छन् ।