काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा मुम्बई इण्डियन्सले किंग्स ११ पञ्जाबलाई पराजित गरेको छ । शेख जायेद स्टेडियम अबुधावीमा भएको खेलमा मुम्बईले पञ्जाबलाई ४८ रनले हराएको हो। जितसँगै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
मुम्बईले दिएको १९२ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो । पञ्जाबका लागि निकोलक पुरनले ४४ तथा मयंक अग्रवालले २५ रन बनाए ।
त्यस्तै, कृष्नाप्पा गौतमले २२ रन, के एल राउलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन बताए। अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
पञ्जाबलाई १४३ रन मै रोक्न मुम्बईका जेम्स प्याटिन्सन, जसप्रित बुमराह र राहुल चहरले २र२ तथा ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याले एक –एक विकेट लिए
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।
मुम्बइका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाउँदा किइरोन पोलार्ड र हार्दिक पाण्ड्याले आक्रामक ब्याटिङ गरेर अभिजित रहँदै क्रमश २० बलमा ४७ रन तथा ११ बलमा ३० रन जोडे । त्यस्तै इसान किसनको २८ रन महत्वपूर्ण रह्यो ।
अर्धशतकीय पारी खेलेका शर्माले आईपीएलमा ५ हजार रन समेत पूरा गरेका छन्। उनी भन्दा अघि चेन्नइ सुपर किंग्सबाट शुरेश रैना र रोयल च्यालेन्जर्स बेङ्ग्लोरका बिराट कोहलीले ५००० रन पूरा गरेका छन् ।
पञ्जाबका लागि सेल्डन कोट्रेल, मोहम्मद सामी र कृष्णप्पा गौथमले समान १र१ विकेट लिए ।