धनगढी, ६ असोज
बरिष्ठ समाजसेवी डाक्टर आरजु राणा देउवाले पुरुषलाई गालि गरेर मात्रै महिलाको समृद्धी हुन नसक्ने बताएकी छन् ।
४१ औं सामाजिक सेवा दिवसको अवसरमा नगरस्तरीय गैसस समन्वय समिति , धनगढी उप–महानगरपालिकाले आयोजना गरेको भर्जुअल कार्यक्रममा बरिष्ठ समाजवेवी देउवाले यस्तो धारणा राखेकी हुन । ‘महिला र पुरुष जंगसंगै हातेमालो गरेर गएमात्रै समृद्धीमा पुग्न सकिन्छ बरिष्ठ समाजसेवी देउवाले भनिन्, ‘तर हामी कहाँ त्यस्तो छैन ।’
‘समाजसेवीको भूमीका कमाउने तिर भन्दा पनि समाजमा योगदान दिनका लागि हुनुपर्छ डक्टर देउवाले भनिन्, ‘समावसेवा छिमेकबाट नै गर्न सुरु गर्नुपर्छ ।’ ‘छिमेकीका समस्या कस्ता छन् ? पिडामा छ कि ? सानासाना कुराबाट सेवा गर्न सुरु गर्नुपर्छ डक्टर देउवाले भनिन्,‘ त्यसपछि समाज भित्र रहेका समस्या, हिंसा विभेद, उत्पीडन न्यूनिकरणका लागि वकालत गर्न सकिन्छ ।’
डक्टर देउवाले आफु ७ कक्षामा पढ्दा देखि नै समाजसेवामा लागेको बताईन । उनले भनिन्, ‘समाजसेवामा लाग्ने ब्यक्तिले समाजको सन्तष्ठीलाई आफ्नो सन्तुष्ठी मान्नुपर्छ ।’ धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले सामाजिक संघसंस्था, मनकारी ब्यक्तिहरु, ब्यक्तिगतदाताहरुको भूमिकाको प्रशंसा गरे । कोरोना रोकथामको पूर्व तयारी देखि अहिले सम्म सामाजिक संघसंस्थाले धनगढी उपमहानगरपालिकालाई सहयोग र समन्वय गरिरहेका छन्, नगरप्रमुख वडले भने,त्यसैले धनगढी मनकारीहरुको नगर हो । नगरप्रमुख वडले यहाँबाट निर्वाचित भएर गएका जनप्रतिनिधीहरु भन्दा धेरै काम र सहयोग डाक्टर देउवाबाट भएको बताए ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले समाजसेवा सर्बोत्तम कार्य भएको बताईन । धनगढी मनगढी पनि हो उप प्रमुख भट्टले भनिन्, यहाँ मनभएकाहरु धेरै छन् । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिईन । नगरस्तरीय गैसस समन्वय समितिका संयोजक तथा उप–प्रमुख सुशीला मिश्र भट्टको संयोजकत्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य दिब्यश्वरी शाह, नगरप्रमुख नृपबहादुर वड, रेडक्रस सभापती उत्तम जोशी लगायत सामाजिक क्षेत्रमा महत्वपूर्ण ब्यक्तिहरुको सहभागिता थियो । सहजीकरण पत्रकार दिर्घराज उपाध्यायले गरेका थिए ।