धनगढी५ असोज। सोमबार सुदूरपश्चिम प्रदेशमा थप ५३ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेशका धनगढी, डडेल्धुरा र डोटीमा रहेका प्रयोगशालामा गरिएको परिक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा तीन सय ८ जनाको कोरोना परीक्षण गरीएकोमा कैलालीका २६, कञ्चनपुरका ५ र बैतडीका एक जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ।
बिज्ञप्ती अनुसार सुर्नाया -४ बैतडीका एक महिला, धनगढी उप(महानगरपालिका वडा नम्वर १ का एक जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर ३ का ६ जना, वडा नम्वर १२ का दुई जना, वडा नम्वर १७ का दुई जना, वडा नम्वर १९ का एक जनामा संक्रमण पुष्टि भएको छ।
घोडाघोडी नगरपालिका वडा नम्वर १ का ६ जना, भजनी नगरपालिका वडा नम्वर ३ का एक जना, गोदावरी नगरपालिकाका तीन जना, कैलारी गाउँपालिकाका दुई जना, कृष्णपुर नगरपालिका वडा नम्वर ७ का एक जना, महाकाली नगरपालिका वडा नम्वर ६ का एक जना, पुनरवास नगरपालिकाका दुई जना, बेदकोट नगरपालिका वडा नम्वर ५ का एक जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ।
सोमबार नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो।
प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बझाङका १६ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार डडेल्धुराको अजयमेरु गाउँपालिकाका चार जना, बझाङको जयपृथ्वी नगरपालिकाका सात जना, केदारस्यू गाउँपालिकाका चार जना, मष्टा गाउँपालिकाका तीन जना, वित्थडचिर र छव्विसपाथिभेरा गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ।
सोमबार १ सय ६ जनाको कोरोना परीक्षण भएकोमा एक जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले रामारोशन गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको बताए।