• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सञ्चार गृह र पत्रकारमाथि भएका आक्रमण : मिसन टोलीले आज प्रहरी प्रशासन, मुख्यमन्त्री लगायतसँग छलफल गर्दै

धनगढी ५ असोज ।  दिनेश सञ्चार गृह र पत्रकारमाथि भएका आक्रमणबारे अध्ययन गर्न धनगढी पुगेको नेपाल पत्रकार महासंघको टोलीले आज पनि सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ।

आईतबारदेखि नै घटना सम्बन्धी अध्ययन थालेको महासंघको टोलीले आज स्थानीय प्रशासन, प्रहरी, मुख्यमन्त्री लगायतसँग छलफल गर्ने जनाएको छ।

टोलीमै रहेका पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले कैलालीमा रहेका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पदाधिकारी एवंम् सदस्य, केन्द्रीय सदस्यसँग पनि छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिए।

विष्टका अनुसार पत्रकारसँगको छलफलपछि गत शुक्रबार मृत अवस्थामा फेला परेकी पत्रकार निर्मला पहराईका परिवारजनसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानून मन्त्रीसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको केन्द्रीय सदस्य विष्टले बताए।

महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोली आईतबार धनगढी पुगेको थियो। हिजोदेखि नै दिनेश सञ्चार गृहसँगै कैलालीमा पत्रकारमाथि भएका आक्रमणका घटनाका विषय अध्ययन थालेको थियो।

हिजो पत्रकार महासंघ कैलाली शाखामा पत्रकारहरुसँग छलफल गरेको टोलीले टोलीले दिनेश सञ्चार गृह, मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत्यु भएका रोशन विकका परिवारसँग पनि भेटघाट र छलफल गरेको थियो।

मिसन टोलीमा महासचिव विष्टसहित सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य मिन बम र उत्तर विष्ट, प्रदेश अध्यक्ष अर्जुन शाह, कैलाली अध्यक्ष जगत साउँद लगायत सहभागी छन्।

गत भदौँ २६ गते दिनेश सञ्चार गृहमा प्रवेश गरेको एक समूहले सहसम्पादक जनक विष्टमाथि कुटपिट गरेको थियो भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिहमाथि दुव्र्यवहार गरेको थियो।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीका आधारमा हिरासतमा धनगढीका १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचारको विषयलाई लिएर उनीहरुले सञ्चार गृहमै आक्रमण गरेका थिए।

सञ्चार गृहमाथि आक्रमण गर्दै पत्रकारलाई कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ कैलाली शाखाको अगुवाईमा आन्दोलन जारी छ। प्रहरीले आक्रमण र कुटपिटमा संलग्न ६ जनालाई पक्राउ गरेको छ।

अन्यको खोजी भईरहेको प्रहरीले जनाएको छ।

सोमबार, असोज ०५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.