• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

म्याक्सवेल र केरीको शतकमा अष्ट्रेलियालाई उपाधि

एजेन्सी – विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलको उत्कृष्ट शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई तेस्रो तथा अन्तिम ओडिआई खेलमा तीन विकेटले पराजित गर्दै सिरिज जितेको छ । अष्ट्रेलियाले तीन ओडिआई सिरिज २–१ ले जितेको हो ।

जितका लागि इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको बलियो लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९।४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियलाई उत्कृष्ट जित दिलाउन तल्लोक्रममा ग्लेन म्याक्सवेलले ९० बलमा ४ चौका र ७ छक्का सहित १ सय ८ रनको सानदार इनिङ खेले । म्याक्सवेलले आफ्नो ओडिआई करिअरको दोस्रो शतक मात्र ८४ बलमा पूरा गरेका थिए । म्याक्सवेल नै ‘प्लेयर अफ द सिरिज” र प्लेयर अफ द म्याच’ चुनिए ।

अर्का विकेटकिपर एलेक्स केरीले १ सय १४ बलमा ७ चौका र २ छक्का सहित १ सय ६ रन जोड्दै ओडिआई करिअरको पहिलो शतक प्रहार गरे । १६।५ ओभरमा ७३–५ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई म्याक्सवेल र एलेक्स केरीले छैटौं विकेटका लागि २ सय १२ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गर्दै जित सम्म पुर्याएका हुन् ।

यी दुईबीचको साझेदारी ४८ औं ओभरको तेस्रो बलमा आदिल राशिदले टम करनबाट म्याक्सवेललाई क्याच गराउँदै तोडेका थिए । ४९ औं ओभरको अन्तिम बलमा जोफ्रा आर्चरले र्माकवुडबाट केरीलाई क्याच आउट गराए ।

तेस्रो ओभरको पाँचौ बलमा क्रिस वोक्सले कप्तान ओरोन फिन्चलाई १२ रनमा एलबिडब्लू आउट गरे । वोक्सले पाँचौ ओभरको अन्तिम बलमा मार्कस स्टोइनिसलाई ४ रनमा कप्तान ओईन मोर्गनबाट क्याच आउट गर्दै पेभिलिएन फर्काए । ११ औं ओभरको पाँचौ बलमा जो रुटले डेभिड वार्नरलाई २४ रनमा बोल्ड आउट गर्दै ५१–३ को अवस्थामा पुर्याए । १३ औं ओभरको चौथो बलमा मिचेल मार्शलाई रुटले बटलरबाट २ रनमा क्याच आउट गराउँदै दबाब निरन्तर बढाए ।

१७ औं ओभरको पाँचौ बलमा मार्नस लाबुसेन २० रनमा रन आउट भएपछि बलियो लक्ष्य पछ्याई रहेको अष्ट्रेलिया ७३–५ को कमजोर अवस्थामा पुगेको थियो । तर छैटौं विकेटका लागि म्याक्सवेल र केरीले दोहोरो शतकीय साझेदारी गर्दै जितसम्म पुर्याए । मिचेल स्टार्क ११ र प्याट कमिन्स ४ रनमा अविजित रहे । स्टार्कले ३ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

पार्टटाइम स्पिनर जो रुटले ८ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्सले १० ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चर र आदिल राशिदले १–१ विकेट लिए ।

त्यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय २ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले १ सय २६ बलमा १२ चौका र २ छक्का सहित १ सय १२ रनको उत्कृष्ट शतकीय इनिङ खेले । बेयरस्टोलाई ४१ औं ओभरको पहिलो बलमा प्याट कमिन्सले बोल्ड आउट गरेका थिए । बेयरस्टोले ३७ औं ओभरको पाँचौ बलमा कमिन्सलाई छक्का प्रहार गर्दै १ सय १६ बलमा आफ्नो करिअरको १० औं ओडिआई शतक पूरा गरेका थिए ।

इंग्ल्यान्डको सुरुवात भने सम्झन लायक रहेन । ओपनर जेसन रोय र जो रुट पहिलो ओभरको सुरुवाती दुई बलमै गोल्डेन डग आउट भएका थिए । तीव्र गतिका बलर मिचेल स्टार्कले रोयलाई ग्लेन म्याक्सवेबाट क्याच आउट गराए । दोस्रो बलमा स्टार्कले जो रुटलाई एलबिडब्लू आउट गर्दै ०–२ को अवस्थामा पुर्याए ।

तेस्रो विकेटका लागी बेयरस्टो र कप्तान ओइन मोर्गनले १०।२ ओभरमा ६७ रनको साझेदारी गर्दै इनिङ अघि बढाए । तर मोर्गनलाई स्पिनर एडम जाम्पाले स्टार्कबाट २३ रनमा क्याच आउट गराउँदैं साझेदारी तोडे । मोर्गनले २८ बलमा ४ चौका प्रहार गरे । १९ औं ओभरको पहिलो बलमा जाम्पाले कप्तान आरोन फिन्चबाट क्याच गराउँदै विकेटकिपर जस बटलरलाई ८ रनमा पेभिलिएन फर्काए ।

पाँचौ विकेटका लागि साम बिलिंग्स र बेयरस्टोले १ सय १४ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै इंग्ल्यान्डलाई बलियो योगफलतर्फ अघि बढाएका थिए । बिलिंग्सलाई जाम्पाले ३८ औं ओभरको तेस्रो बलमा ५७ बलमा मिचेल मार्शबाट क्याच आउट गराउँदै शतकीय साझेदारी तोडेका थिए । बिलिंग्सले ५८ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

टम करन १९ बलमा १ छक्का सहित १९ रनमा स्टार्कको बोल्ड आउटको शिकार हुन पुगे । क्रिस वोक्सले ३९ बलमा ६ चौका सहित ५३ रनमा अविजित रहँदै विशाल योगफल सम्म पुर्याए । आदिल राशिद ९ बलमा १ छक्का सहित ११ रनमा अविजित रहे ।

एडम जाम्पाले १० ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ७४ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्सले १० ओभरमा ५३ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी हुँदा दोस्रो खेलमा २४ रनले पराजित भएको थियो ।

तीन टि२० सिरिज इंग्ल्यान्डले २–१ ले जितेको थियो । अव अष्ट्रेलिया र इंग्ल्यान्डका खेलाडी शनिवार देखि संयुक्त अरव इमिरेट्स ९यूएई० मा १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न जाने छन् ।

बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.