• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

राष्ट्रिय क्रिकेटरको उपचार गर्न चन्दा उठाउनु पर्ने अवस्था किन ?

काठमाडौं, ३१ भदौ/ राष्ट्रिय क्रिकेटर ललित भण्डारी अहिले ग्राण्डी अस्पतालको आइसियु कक्षमा उपचार गराइरहेका छन्।

गत आइतबार साँझ गृहजिल्ला कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारीको दुवै हात र दुवै खुट्टामा चोट छ।

देब्रे हाँते तीव्र गतिका बलर भण्डारीको भाग्यवश देब्रे हातको चोट गम्भीर छैन। दाहिने हातको चोट गम्भीर छ। केही दिनमै उनको दुबै हात र खुट्टाको शल्यक्रिया गर्नु पर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

राष्ट्रिय टिमका पूर्वकप्तान तथा क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) का महासचिव पारस खड्काले भण्डारीको उपचारमा प्रत्यक्ष रूपमा सहयोग गरिरहेका छन्।

धनगढीमा हुँदा विनोद भण्डारीसहितका सुदूरपश्चिमका खेलाडी र नेपाल प्रहरीको सहयोगमा ललितलाई कोहलपुर मेडिकल पुर्‍याइएको थियो। सोमबार थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।

सिप्यानले भण्डारीलाई आर्थिक सहयोग गर्न मंगलबार अपिलसमेत गरिसकेको छ।

ुखेलाडीहरूलाई यस्तै अप्ठेरो परेको बेला सहयोग गर्न सिप्यान गठन गरेका हौं,ु खड्काले आर्थिक सहयोगका लागि अह्वान गर्नुको कारणबारे सेतोपाटीसँग भने,ुव्यक्तिगतभन्दा पनि संस्थागत सहयोग गर्न हामीले उपयुक्त ठानेर अपिल गरेका हौं।ु

घाइते भण्डारीलाई सहयोग गर्ने नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद् र क्रिकेटको प्रशासनिक निकाय नेपाल क्रिकेट संघ ९क्यान० ले प्रतिबद्धता त जनाएका छन्। तर संस्थागत निर्णय र प्रक्रिया कारण सहयोग तत्काल उपबल्ध हुने स्थिति छैन।

नेपाल पुलिस क्लबमा आबद्ध भण्डारीको आम्दानीको स्रोत क्लबले दिने तलब हो। ६ महिनायता क्रिकेट गतिविधि ठप्प हुँदा फ्रेञ्चाइज क्रिकेट लिग खेलेर तथा राष्ट्रिय प्रतियोगिता आउने आम्दानी ठप्प छ। दुई वर्षदेखि राष्ट्रिय टिममा नपरेकाले भण्डारीले क्यानबाट मासिक तलब पाउँदैनन्।

त्यसैले सिप्यानले तत्काल आर्थिक संकलन गर्न अग्रसरता देखाएको छ।

ुआपतकालिन अवस्थामा कसले केही गरिदिन्छ कि भनेर कुर्ने अवस्था नेपालमा छैन,ु खड्का भन्छन्,ुत्यसैले हामीले नै आफ्नो जिम्मेवारी ठानेका हौं।ु

उनले अहिलेसम्म नेपाली क्रिकेटको राम्रो पक्ष ुटिम स्पिरिटु भएको बताउँदै भण्डारीको उपचारमा पनि त्यसैले काम गरिरहेको बताए।

ुराम्रो उपचार भएर सकेसम्म छिटो मैदान फर्कन सकून् भन्ने सबै क्रिकेट खेलाडीको चाहना हो,ु खड्काले भने।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले भण्डारी घाइते हुनेबित्तिकै सम्पूर्ण विवरण बुझ्ने काम गरेको बताउँछन्। काठमाडौं ल्याउनका लागि आफूले पनि सहयोग गरेको बताउने सिलवालले भण्डारीको उपचारको सम्पूर्ण जिम्मेवारी खेलकुद परिषद्ले लिने बताए।

ुमैले अस्पतालमा पुगेर खेलाडी र उनको परिवारलाई भेटिसकेको छु। राष्ट्रिय खेलकुद परिषद् अविभावक संस्था भएकोले उपचारको सम्पूर्ण जिम्मेवारी लिन तयार छ,ु सिलवालको भनाइ छ।

कोही राष्ट्रिय खेलाडी घाइते भएपछि यसअघि पनि सहयोग गरेको बताउँदै सिलवालले बताए। राष्ट्रिय खेलकुद परिषद्ले केहि नगरेको भन्दै भइरहेको प्रचारमा सिलवालले असन्तुष्टि पोखे।

ुक्यान र खेलकुद परिषद्ले केही गरेन भनेर गरिएको हल्ला साँचो होइन,ु सिलवालले भने।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द पनि भण्डारीको उपचारमा क्यानले सहयोग गर्ने बताउँछन्।

ुराष्ट्रिय खेलाडी भएको नाताले भण्डारीको उपचार गर्नु हाम्रो दायित्व हो,ु चन्दले भने।

खेलाडी घाइते भएको अवस्थामा क्यानले यसअघि पनि सहयोग गर्ने गरेको चन्दले बताए। तर स्वास्थ्य उपचारका लागि स्पष्ट नीति नहुँदा खेलाडी घाइते हुँदा समस्या पर्ने गरेको चन्दले स्विकार गरे।

ुखेलाडीको उपचार गराउनु पर्छ भन्नेमा कुनै दुई मत छैन,ु चन्दले,ुतर उपचारका लागि चाहिने स्पष्ट नीति नहुँदा समस्या परेको कुरा साँचो हो।

गत वर्ष परिषद्का सदस्यसचिव सिवाललले सबै राष्ट्रिय खेलाडीको बीमा गर्ने बताएका थिए। तर उनको त्यो भनाइले अहिलेसम्म पनि औपचारिकता पाएको छैन। जसले गर्दा ललितजस्ता नेपालका लागि खेलेका राष्ट्रिय खेलाडी समस्यामा परिरहेका छन्।

२४ वर्षीय भण्डारी तीन वर्षअघि राष्ट्रिय टिममा परेका थिए। सन् २०१७ को विश्व क्रिकेट लिगअन्तर्गत युएईविरुद्धको खेलबाट उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए। सन् २०१८ मा उनले नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा राष्ट्रिय टिमबाट खेले। सो खेलमा नेपाल पहिलो एकदिवसीय खेलमा जित निकाल्ने क्रममा १ रनले विजयी भएको थियो। नेदरल्यान्ड्समा भएको खेलमा उनले ९ ओभर बलिङ गरेर दुई विकेट लिएका थिए।

त्यसपछि उनले चोटका कारण राष्ट्रिय टिममा स्थान गुमाएका थिए। दुई वर्षदेखि राष्ट्रिय टिममा नपरे पनि उनले फ्रेञ्चाइज लिग र नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगितामा प्रभावशाली खेल देखाइरहेका छन्।

उनलाई सन् २०१२ सम्म क्रिकेटको रुची थिएन। भारतमा हुर्किएका ललित एसएलसी परीक्षा दिएपछिको फुर्सद समय बिताउन आफ्नो घर महेन्द्रनगर झलारी आएका थिए।

महेन्द्रनगरमा साथीहरूले क्रिकेट खेलेको देखेपछि उनले पनि रमाइलोका क्रिकेट खेल्न थालेका थिए। रमाइलोका लागि क्रिकेट खेल्न सुरु गरेक उनी सुरुमा क्षेत्र नम्बर ९ को यू(१९ र सिनियर टोलीबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिता खेलेका थिए। त्यसपछि उनी नेपाल पुलिस क्लबबमा आबद्ध भए।

उनी २०७४ को प्रधानमन्त्री कपको प्रदर्शनले उनी राष्ट्रिय टोलीको क्याम्पमा पर्न सफल भएका थिए।

 

बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.