एजेन्सी। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको तीन महिना भइसकेको छ । यहीबीच यो प्रकरणमा पक्राउ परेका छन्, १७ जना । तिनैमध्ये एक हुन् सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ।
रिया अहिले प्रहरी हिरासतमा नै छिन् । उनलाई भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको हो । अनि उनलाई अहिलेसम्म चार दिनभन्दा बढी सोधपुछ गरिएको छ ।
यो सोधपुछमा उनलाई ५५ प्रश्न सोधिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यी सबै प्रश्न सुशान्त र रियाको परिवारबारे सोधिएका हुन् ।
८ सेप्टेम्बरमा पक्राउ परेकी रियाबाट पाएका जवाफहरु आफूहरुलाई चित्त बुझेको प्रहरी अधिकारीले बताएका छन् ।