काठमाडौं । लघु फिल्म ‘रगत’ सार्वजनिक भएको छ । सञ्चारकर्मी पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशन रहेको फिल्ममा रवि कार्की, मुना नेपाल, संगिता बस्याल, डिबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्ममा संकल भुजेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन र विक्रम कार्कीले पाश्र्व संगीत रहेको छ । फिल्म ‘रगत’ ले नेपाली सेनाको लघु फिल्म प्रतियोगिता २०७६ मा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो ।