धनगढी, २८ भदौ/ धनगढीमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा थप २८ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिहका अनुसार सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत २४ जना र प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप चार जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या एक सय १३ पुगेको छ । उनीहरु मध्ये ७९ जना उपचाररत छन् भने ३४ जना प्रहरी संक्रमणमुक्त भईसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।