धनगढी, २२ भदौ/ नेपाल कम्युस्टि पार्टी (नेकपा) घोडाघोडी नगर कमिटी सदस्य बखत शाहीलाई पार्टीले कारबाही गरेको छ ।
नगरपालिका स्थित एक विद्यालयको जमिन बिक्रीवितरण गरेको आरोप लागेपछि शाहीलाई पार्टीले निस्काशन गरेको हो ।
आइतबार नगर अध्यक्ष बाधुराम चौधरी तथा प्रदेश र जिल्ला कमिटी सद्स्यहरुको निणर्यमा उनलाई निस्काशन गर्ने निर्णय भएको जनाएको छ । अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको नगर सचीव खगेन्द्र हमालले जानकारी दिए ।
