धनगढी, २२ भदौ/कर्णाली चिसापानीको राजकाँडामा केवल कार सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।
काठमाण्डौंको चन्द्रा गिरीमा केवल कार सञ्चालन गर्दै आएको पर्यटन व्यवसायी चन्द्र ढकालले कैलालीको चिसापानी–राज काँडामा केवल कार निर्माण गर्ने भएका हुन् ।
व्यवसायी ढकालले राजकाँडामा केवल कार निर्माणका एक अर्व रुपैया लगानी गर्ने बताएका छन् । ढकालका अनुसार पाँच वर्षभित्र चिसापानी–राजकाँडामा केवल कार सहित, होटल, रेष्टुरेण्ट, हल तथा मनोरञ्जन हुने गतिबिधि सञ्चानमा आउनेछन् । ढकालले सुदूर पश्चिम संगै देशका सात वटै प्रदेशका सात वटा पर्यटकीय गन्तव्यमा केवल कार सहितका सुबिधा सञ्चालनमा ल्याउने योजना रहेको बताएका छन् ।
पछिल्ला केहीवर्ष यता ढकालले पर्यटन क्षेत्रमा आक्रामक रुपमा लगानी गरिरहेका छन् । उनले आफ्नो व्यवसाय र क्षेत्रलाई विस्तार गर्दै काठमाण्डौं उपत्यका बाहिर सात वटै प्रदेशमा केवल कार सहितको सञ्चालन गर्ने योजना सहित काम गरिरहेको बताएका छन् ।