भारत- बलिउडका चर्चित अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण देखिएको छ। आइतबार सामाजिक सञ्जालमार्फत अर्जुनले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका हुन्।अभिनेता कपुरले आफूमा कोरोना संक्रमणको लक्षण नदेखिए पनि रिपोर्ट भने पोजिटिभ आएको बताएका छन्। उनले डाक्टर र प्रशासनको सल्लाहमा आफू घरमै आइसोलेसनमा बसेको जानकारी दिए।
‘मेरो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ, यो कुरा तपाईंलाई जानकारी गराउनु मेरो कर्तव्य हो’, सामाजिक सञ्जाल इन्स्टाग्राममा कपुरले लेखेका छन्, ‘म ठीक छु ममा कोरोनाको लक्षण पनि देखिएको छैन, म डाक्टर र प्रशासनसँग सल्लाह गरेर घरमै आइसोलेसनमा बसेको छु।’अभिनेता कपुरका शुभचिनतकहरुले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन्। यसअघि बलिउडका महानायक अमिताभ बच्चन, अभिनेता अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्या राय बच्चन, गायिका कनिका कपुर लगायतका कलाकारले कोरोना संक्रमणलाई जितिसकेका छन्।