ऐजेन्सी: केलियन एम्बाप्पेको निर्णायक गोलमा फ्रान्सले नेसन्स लिग फुटबलमा स्विडेनलाई हराएको छ।समूह जे अन्तरगत शनिबार खेलमा फ्रान्सले स्विडेनलाई १–० ले हराएको हो।फ्रान्सको जितमा एम्बाप्पेले ४१ औँ मिनेटमा विजयी गोल गरे।
२१ वर्षीया फरवार्डले तीन डिफेन्डरलाई बिट गर्दै पोस्टको नजिकैबाटै गोल गरेका थिए। सोही समूहको अर्को खेलमा पोर्चुगलले क्रोएसियामाथि शानदार जित निकाल्यो। उसले क्रोएसियालाई ४–१ ले हरायो। समूह जेमा फ्रान्स र पोर्चुगलले जित निकाल्दै समान ३ अंक जोडेका छन्।