धनगढी, २० भदौ/ कञ्चनपुरमा राति डियुटीमा खटिएको अवस्थामा बेहोस भएका प्रहरी जवानको मुत्यु भएको छ। सुदूरपश्चिम दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नम्वर २ घर भएका प्रहरी जवान सुरेन्द्रकुमार ऐरको मृत्यु भएको हो।
प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान आधारभुत तालिम ११–७९ औं समुहमा सफलतापुर्वक तालिम हासिल गरी ऐर सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत थिए।
राति १२ बजेतिर ५ नम्वर पोष्टमा डुयुटीमा खटिएको अवस्था ती जवान बेहोस भएका थिए। उनी बेहोस भएलगत्तै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। अस्पताल ल्याएका उनको विहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले जानकारी दिएका छन्।