• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कोरोनाको महामारीमा पनि कतारद्वारा मजदुरको तलब वृद्धि

काठमाण्डौ २० भाद्र- विश्वमा कोरोनाका कारण रोजगारी गुमाउने मानिसको सङ्ख्या बढिरहेको अवस्थामा कतारले नेपालीसहित कामदारको तलब बढाएको छ । नेपाली युवाको रोजगारीको गन्तव्य मुलुक कतारले कामदारको न्यूनतम तलब एक हजार कतारी रियल अर्थात् नेपाली ३२ हजार रुपियाँ तोकेको छ । साथै, कामदारलाई बस्न आवास खर्चबापत पाँच सय र खानाको लागि तीन सय गरी जम्मा १८ सय रियल तोकेको हो । तर, आवास र खानाको सुविधा कम्पनीले उपलब्ध गराएको खण्डमा एक हजार रियाल मात्रै दिए पुग्नेछ ।

यो न्यूनतम तलब घरेलु श्रमिकको हकमा पनि लागू हुने बताइएको छ । राजपत्रमा प्रकाशित भएको छ महिनापछि यो नियम कार्यान्वयनमा आउने कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले बताएको हो । साथै, कामदारले कम्पनी परिवर्तन गर्नका लागि रोजगारदाताको अनुमति चाहिने बाध्यकारी नियम पनि हटाइएको छ । यो नियमले कामदार अर्को कम्पनीमा काम गर्न जाने बाटो खुलेको छ ।कतारले गरेको यो व्यवस्था नेपाली कामदारको लागि स्वागतयोग्य भएको वैदेशिक रोजगार विज्ञ डा। गणेश गुरुङ बताउनुहुन्छ ।

कतारमा सन् २०२२ मा विश्वकप फुटबलको आयोजना हुने लागेकाले पनि समयमै निर्माणको काम सिध्याउन विदेशी श्रमिकको आवश्यक पर्ने भएकाले पनि कामदारहरूको तलब बढाएको हो ।मानव अधिकारवादी संस्थाहरूले त्यहाँ कार्यरत कामदारको हकहितको बारेमा सुक्ष्म तरिकाले हेरेको र कामदारको विषयमा नराम्रो सन्देश जाने डर र दबाबको कारण तलब बढाउन कतार बाध्य भएको डा। गुरुङ बताउनुहुन्छ ।

एक कामदार अर्को कम्पनीमा काम गर्न सीधै पाइने नियम राम्रो भएको र अब कामदार थुनिएर एउटै कम्पनीमा काम गर्ने बाध्यता हटेको उहाँ बताउनुहुन्छ । कतारमा विश्वकप तयारीको लागि होटल, एअरपोर्ट, सडकलगायत निर्माणका काम समयमै सम्पन्न गर्नको लागि कतारसामु चुनौती बनेको छ । उक्त चुनौतीलाई पूरा गर्न कामदारलाई खुशी पार्न यो नियम ल्याइएको डा गुरुङको दाबी छ ।नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका सचिव मेघनाथ भुर्तेलले कतारले नेपाली कामदारको तलब बढाउने कुरा वैदेशिक रोजगारीमा जाने कामदारको लागि राम्रो कुरा भएको प्रतिक्रिया दिनुभयो ।
नेपाली कामदार विदेशमा गएर लगनशील, इमानदार भएका कारण विदेशमा नेपाली कामदारको माग बढिरहेको भुर्तेल बताउनुहुन्छ । कतारमा चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेका छन् । कतारमा त्यसको लगभग १५ प्रतिशत मात्रै कतारीहरूले ओगट्ने र बाँकी अन्य देशबाट गएका श्रमिक रहेको बताइन्छ ।

गोखापत्र अनलाईनबाट

शनिबार, भदौ २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.